कला र फोटोग्राफीको प्रतिलिपि अधिकार’bout बहस

काठमाडौं । कलाकारद्धारा सृजना गरिएका कार्टुन तथा अन्य चित्रकला र फोटो पत्रकारद्धारा खिचिएको तस्बिरको प्रतिलिपि अधिकार हनन् हुने गरेको सम्बन्धि श्रष्टाहरुले बताएका छन् । आफुहरुले खिचेको तस्बिरलाई सञ्चार माध्यममा प्रयोग गर्दा श्रोत र आफ्ना नामसमेत नखुलाउने गरेको फोटो पत्रकारहरुको गुनासो रहेको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय फोटो पत्रकार समूहको काठमाडौंमा आयोजना गरेको ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो गुनासो पोखेका हुन् । आफुहरुले तस्बिरको अधिकार माग्दा कानुनको अभावका कारण क्षतिपूर्ति नपाएको पनि उनहरुले बताए । सम्बन्धित निकायले पनि वेवास्ता गरेको फोटो पत्रकारहरुको टिप्पणी थियो ।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले कार्यक्रममा बोल्दै फोटो पत्रकारहरु प्रतिलिपि अधिकारका ’boutमा पीडित रहेको जिकिर गरे । उनले अब आफ्नो अधिकारका विषयमा आवाज उठाउनु आवश्यक रहेको भनाई सो कार्यक्रममा राखे । सर्जकले फोटो पत्रकार र प्रतिलिपि अधिकारका विषयलाई समग्रमा हेर्नुपर्नेमा अध्यक्ष वन्तले कार्यक्रममा जोड दिए ।

सो अन्तरक्रिया कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकार कलाकार–पत्रकारमाझको बौद्धिकताभित्र देखिएको साझा समस्या भएको बताए । उनले कार्यक्रममा भने,‘यस विषयमा सरोकारवालाहरूले चासो राखी अध्ययन गरेर विद्यमान समस्यालाई तत्कालै ऐनमा सम्बोधन हुने गरी काम गर्नुपर्ने भएको छ । हामीले सृजना गरेका कला र खिचेको तस्बिरहरुको प्रतिलिपि अधिकार दिनदिनै हनन् हुँदा पनि हामी कनुनको अभावका कारण मौन बस्नु पर्ने समस्या रहेको छ ।’

प्रतिलिपि अधिकार ऐनमा कला फोटोग्राफीलगायतका विविध विषय छुटेको सो प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जिकिर गरे । आफुहरुले बिगतमा यो कुरालाई बारम्बार उठाएको बताउँदै अब संस्थागत रूपमा यस विषयमाथि आवाज उठाई कानुनमा समेटिनुपर्ने सुझाब उनले दिए ।

नेपाल पत्रकार महासङ्घ, एसोसिएट प्रदेश समिति अध्यक्ष रोयल आचार्यले कानुनको अभावले गर्दा यो विषय जटिल देखिएको छ भने । तर यस’boutमा सरोकारवालाले छलफल गरेर मात्र नभई संसदीय समिति तथा सम्बन्धित मन्त्रीसँग पनि छलफल गर्नुपर्ने सुझाव उनले दिए ।

नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका प्रतिनिधि शालिकराम खतिवडाले तस्बिर र कलाको ’boutमा प्रतिपिलि समस्या देखिएको स्विकारे । उनले प्रतिलिपि अधिकार ऐन बन्ने प्रक्रियामा रहेको हुँदा सरोकारवालाहरूबाट लिखित–मौखिक सुझावको अपेक्षा आफुहरुले गरेको बताए ।

सो प्रतिष्ठानका बहुआयामिक तथा अन्य सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले कला सम्बन्धि प्रतिलिपि अधिकार’bout कार्यक्रममा प्रकाश परे । दर्शनधारीले प्रतिलिपि अधिकार विषयमा विद्यालय स्तरबाट नै सचेतना दिनु आवश्यक रहेको औंल्याए । उनले यस विषयमा गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने र तत्कालै त्यसको प्रतिवेदन बनाएर नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा बुझाउने पर्ने सुझाब पनि दिए ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु