Friday, July 23, 2021
Homeविदेशउत्तर कोरियाली नेता किम जिवीतै हुनुहुन्छ : सोल

उत्तर कोरियाली नेता किम जिवीतै हुनुहुन्छ : सोल

,

एएफपी । उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जिवीतै रहेको दक्षिण कोरियाका एकजना उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन् ।

पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उहाँको निधन भएको भन्नेजस्ता समाचार नै सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले सो कुरा स्पष्ट गरेका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमबार सो जानकारी दिए । उनले भनेका छन्  हाम्रो सरकारको सूचना बलियो छ, उहाँ स्वस्थ्य र जिवीतै हुनुहुन्छ ।

उनले अमेरिकी टेलिभिजन सिएनएनसँगको अन्तर्वार्ताका क्रममा सो जानकारी गराएका हुन् । उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको जानकरी उनले सो टिभीलाई बताए ।

यही अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उनको उपस्थिति नदेखेपछि विभिन्न देशका मिडिया तथा व्यक्तिले केहीले उहाँ गम्भीर विरामी रहेको त केहीले उहाँको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।

त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिनको अवसरमा उत्तर कोरियामा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । किम इल सुङ उत्तर कोरियाका संस्थापक थिए ।

गएको सोमबार दक्षिण कोरियाकै एक दैनिक पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।

पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको उल्लेख गरेको थियो ।

तर पनि उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन । किम केही समयदेखि सार्वजनिक रुपमा कार्यक्रमहरुमा देखिएका छैनन् ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुराको सोही समयमा खण्डन गरेका थिए ।

Loading comments...

आजको समाचार

सरकारको काममा सहजीकरण गर्न बन्यो कार्यदल

काठमाडौं । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकार आबद्ध गठबन्धनमा रहेका दलहरूको कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल...

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

  हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

साताका लोकप्रिय समाचार

माओवादीको ताप सकिएको छैन, आगो सल्किन सक्छ : प्रचण्ड

  काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा जनताको अधिकार प्रयोग गर्ने सर्वाेच्च थलो भएकाले पार्टीभित्र विवाद हुँदा यसलाई विघटन...

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

खोप आयातलाई उच्च प्राथमिकतामा राख

  विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि खोप आयातलाई प्राथमिकता दिइनेछ भन्ने सबैको अपेक्षा भए पनि त्यसलाई सरकारले उच्च प्राथमिकतामा राख्न सकेको छैन ।...

थप २,४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा...

बिजुक्छेँलाई भेटन पुगे मुख्यमन्त्री पौडेल

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविच भेटवार्ता भएको छ । भेटको अवसरमा अध्यक्ष बिजुक्छेँले...

ट्रेन्डिङ

काँग्रेस प्रशिक्षण प्रतिष्ठानमा तीन निर्देशक नियुक्त

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय उपसभापति एवं पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले प्रतिष्ठानका तीन सदस्यलाई निर्देशकमा नियुक्त गरेका छन्...

कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?