पोखरामा कक्षा ८ को परीक्षा एसइई मोडलमा

पोखरा । पोखरा महानगरपालिकाले कक्षा ८ को परीक्षालाई एसइई मोडलमा संचालन गर्न लागेको छ । त्यसका लागि पोखरा महानगरपालिका शिक्षा महाशाखाले ३७ परीक्षा केन्द्रहरु तोकेको छ । महाशाखा प्रमुख हेमप्रसाद आचार्यले परीक्षार्थीलाई सहज हुने तरीकाले परीक्षा केन्द्र तोकिएको बताए ।

यसअघि, सरोकारवालासहित महानगर शिक्षा समितिको बैठकले विद्यार्थीले होम सेन्टररुपमा आफ्नै विद्यालयमा दिने वार्षिक परीक्षा परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोक्ने निर्णय गरेको थियो ।

जसअनुसार परीक्षा सञ्चालन प्रणालीको मापदण्ड आधारमा विद्यार्थीलाई पायक पर्ने गरी केन्द्र तोकिएको छ । यस वर्ष पोखरामा १० हजार ५ सय २२ जना विद्यार्थीहरू कक्षा ८ को परीक्षामा सहभागी हुनेछन् । जसमा ६ हजार ५ सय संस्थागत विद्यालयका रहेका छन् भने ४ हजार २२ जना विद्यार्थी सामुदायिक विद्यालयका छन् ।

पोखराका मेयर प्रमुख धनराज आचार्यले महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको बताए । यसले विद्यार्थीलाई एसइई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उनको विश्वास छ ।

यसले अन्तरविद्यालय विद्यार्थी घुलमिल, नयाँ साथीहरूसँग भेटघाट, नवीन वातावरणमा सामञ्जस्य लगायतमा विद्यार्थीलाई नयाँ सिकाइ प्रदान गर्ने विश्वास गरिएको महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए । उनका अनुसार महानगरपालिकाले विद्यार्थीको सिकाइ प्रवद्र्धनका लागि विभिन्न किसिमका रचनात्मक उपायहरू अवलम्बन गर्दै आएको छ ।

पोखरा महानगरमा ८ हजार बढी विद्यार्थी सामुदायिक विद्यालयहरूमा थपिएका छन् भने यसलाई व्यवस्थित गर्न हरेक सामुदायिक विद्यालयहरूमा बालविकासका कक्षाहरू अनिवार्य गरिएको छ । यसले महानगरपालिकाभित्रको शिक्षालाई व्यवस्थित गर्न र आधारभूत तहको शिक्षाको पहुँचमा सबै विद्यार्थीको सहभागिता सुनिश्चित गर्न मद्दत पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान