भगवतीका माविमा ‘साइन्स एक्स्पो २०८१’

सिन्धुली । जिल्लाको पुरानो नीजि विद्यालय भगवती मावि माढीबजारका विद्यार्थीहरुले शुक्रबार विद्यालयमा साइन्स एक्स्पो (विज्ञान प्रदर्शनी) २०८१ सम्पन्न गरेका छन । विद्यालयका कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले निर्माण गरेका विज्ञान, इन्जिनियरिङ, गणित, कला लगाएतसँग विभिन्न विधाका सामग्रीहरुको प्रदर्शनी गरेका हुन ।

विज्ञान, इन्जिनियरिङ, गणित, कलासँग सम्बन्धित सामग्रीहरु, कम्प्युटर तथा प्रविधिसँग सम्बन्धित सामग्रीहरु निर्माण गरि विद्यार्थीहरुले प्रदर्शनीमा राखेका थिए ।

एक्स्पोमा पाँच सय विद्यार्थीहरुले सहभागिता जनाएको विद्यालयका संयोजक सन्तोष श्रेष्ठले बताएका छन । विद्यार्थीहरुसँग भएको कला, विज्ञान सम्बन्धि ज्ञान, प्रविधि र व्यवहारिक ज्ञान बाहिर ल्याउने र प्रवद्र्धन गर्ने गराउने उद्देश्यले साइन्स एक्स्पो गराईएको श्रेष्ठले बताए ।

एक सय असी वटा ग्रुपले विद्यालयमा एक्स्पोमा सहभागिता जनाएका छन । एउटा ग्रुपमा २ देखि ३ जनासम्म सहभागि रहेका छन । विज्ञान सम्बन्धि रकेट, सेन्सर लाईट, ¥याडर सिस्टम, सोलार सिस्टम, भुगर्भसँग सम्बन्धित ज्वालामुखी, मानव शरीरसँग सम्बन्धित मुटु तथा फोक्सोको स्वचालन तथा अन्य सामग्रीहरु, गणितमा दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरु लगाएतका सामग्री निर्माण गरेका छन ।

यस्तै लोप हुन लागेका सामग्रीहरु, कलातर्फ विभिन्न खालका कलाहरु प्रदर्शनीमा राखिएको छ । इन्जिनियरिङ तर्फका कलाहरु, वातावरणसँग सम्बन्धित कलाहरु, राष्ट्र र राष्ट्रियता झल्काउने सामग्रीहरु समेत विद्यार्थीहरुले प्रदर्शनीमा राखेका छन ।

आफुले बनाएका कला विद्यार्थीले आफै व्याख्या, विश्लेषण र प्रयोग गरेर प्रदर्शनी हेर्न उपस्थित भएका शिक्षक, अभिभावक लगाएतलाई बुझाएका थिए ।

प्रदर्शनीले बालबालिकाको प्रतिभाको उजागर गरेको विद्यालयका अविभावक दिपेश थापाले बताए । उनले विद्यार्थीहरुको रुचि, क्षमता र प्रतिभालाई एक्स्पोले चिनाउन मद्दत गरेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

epaper

ताजा समाचार

के हात्तीले वर्षौँसम्म रिस राख्छ ?