राहत कुर्दै पर्यटन व्यवसायी

पोखरा । लगातार लकडाउन ४० दिन नाघिसकेको छ । यसबीचमा नेपालको समग्र अर्थतन्त्र धराशयी बनेको छ ।

पोखराका पर्यटन व्यवसायीले भने आगामी आवको बजेटमा राहत प्याकेज माग गरेका छन् । उनीहरुले कोरोनासँगै लामो समयदेखिको लकडाउनले पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको भन्दै बैंंकहरुले ब्याजदर घटाउनुपर्ने, किस्ता बुझाउने समयसीमा बढाउनुपर्ने, कर्मचारीलाई तलब खुवाउन २÷३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, लकडाउनमा बिजुलीको डिमाण्ड शुल्क मिनाहा हुनुपर्ने, अत्यावश्यक खाद्यवस्तुको उत्पादनमा आवश्यक पर्ने पूरक उद्योगहरु चलाउन दिनुपर्ने, नोक्सान देखिएको ब्यालेन्स सिटमा कर्जा प्रवाह हुनुपर्ने लगायत माग गरेका हुन् ।

हुन पनि पोखराको पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो लगानी होटल व्यवसायमा छ । नेपाल भ्रमण वर्ष २०२० लक्षित गरी होटल व्यवसायीले बैंकबाट ऋण लिएरै लगानी गरेका थिए । यद्यपि, विश्वभर फैलिएको कोरोनाको महामारीले पर्यटन क्षेत्र तहसनहस हुन पुग्यो । अब पहिलेकै अवस्थामा फर्किन २ वर्ष लाग्न सक्ने व्यवसायीको अनुमान छ ।

पोखराको पर्यटन क्षेत्रमा समग्र ४ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको पाइन्छ । पश्चिमाञ्चल होटल संघमा आबद्ध होटलमात्रै ४ सय बढी छन् । ती होटलमा ३० हजार बढी बेड संख्या छन् । त्यस्तै होटल तथा रेष्टुरेन्टमा गरी पोखरामा हाल २५ हजार बढी कर्मचारी कार्यरत रहेकोमा कोरोनासँगै लकडाउनका कारण ८० प्रतिशत कर्मचारी घर फर्काइएको छ । ती कर्मचारीलाई होल्ड गरी राख्नुपर्ने पर्यटन क्षेत्रको अर्को चुनौती हो ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पर्यटनलाई पहिलेकै लयमा नफर्किञ्जेलसम्म विद्युत् महसुल, कर्मचारी राहत, सुलभ व्याज, ऋणको समयसीमा बढाउने लगायत राहतको प्याकेज बजेटमा समेटिनुपर्ने बताउँछन् ।

पर्यटन क्षेत्र चलायमान बनाउन मासिकपमा बैंक व्याज बुझाउनेलाई १ वर्षको अवधि बढाउनुपर्ने, सुलभ व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने उनको जोड छ । उनले राहत प्याकेजको माग दोहो¥याउँदै खाद्यान्न र मासुजन्य पदार्थको मूल्य अभिबृद्धि कर घटाउनुपर्ने धारणा राखे ।

पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले पनि बैंकको ब्याजदर नघटाए व्यसायीहरु पलायन हुने अवस्था आउने बताउँछन् । उनले घरभाडा समायोजनको माग पनि गरे । टे«किङका सामान बेच्ने व्यवसायीहरुका सामान थन्किँदा त्यो कामै नलाग्ने अवस्थामा पुग्ने भएकाले राहत प्याकेज घोषणा गर्दा समग्र पर्यटनको समस्या संवोधन गरिनुुपर्ने उनको भनाइ छ ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले कोरोनाले पर्यटन क्षेत्र नराम्ररी मारमा परेको भन्दै छिटोभन्दा छिटो चलायमान बनाउन बजेटमा सम्बोधन हुनुपर्नेमा जोड दिन्छन् । उनले मजदुरलाई होल्ड गरी राख्न पनि सरकारले त्यस’bout सम्बोधन गर्नुपर्ने बताउँछन् । २ वर्षपछि मात्र पहिलेकै अवस्थामा फर्किने अनुमान गरिएको यहाँको पर्यटन चलायमान बनाइराख्न कर्मचारीलाई होल्ड गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

टे«किङ एजेन्टस् एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष हरि भुजेलले टे«किङ व्यवसाय दर्ता गर्दा राखेको धरौटी पछि तिर्ने गरि फिर्ता गरेमा व्यवसायीहरुलाई केही राहत मिल्ने बताउँछन् । उनले कुलग्राहस्थ उत्पादनमा गरेको योगदानलाई आधार मानेर नभै व्यक्तिको लगानी हेरेर राहत दिनुपर्ने बताए ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान), पोखरा अध्यक्ष भीमसेन भुजेलले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदूरहरु बेरोजगार भएको अवस्थामा राज्यले उनीहरुको जिम्मा लिनुपर्ने भन्दै बजेटमा राहतको प्याकेजको माग गरे ।

नेपाल एशोसिएन अफ टुुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले व्यवसायीहरुले कर्मचारीलाई तलब खुवाउन २÷३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्निप्रसाद कँडेलले विनासकारी भूकम्प, नाकाबन्दी तथा विभिन्न प्रकोपसँगै अहिलेको कोरोना तथा लकडाउनले पर्यटन क्षेत्र तङ्ग्रिन अझै २ वर्ष बढी समय लाग्न सक्ने बताउँछन् ।

यता, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले लकडाउनको समयमाभन्दा लकडाउनपछिको समय उद्योगी÷व्यवसायीहरुको लागि झन चुनौतिपूर्ण हुने बताए । ‘अहिले लकडाउन छ, बैंकहरुले कर्जाको किस्ता र ब्याजको लागि टेलिफोन गरेका छैनन्’, उनले भने, ‘खुल्नासाथ व्यवसायीहरुलाई बैंकले फोन गर्छन् । श्रमिकलाई तलब खुवाउनुपर्छ । लकडाउनपछिको समय महामारीको भन्दा खतरापूर्ण हुन्छ ।’ उनले उद्योगी÷व्यवसायमा लकडाउनले परेको क्षतिको मूल्याङ्कन गर्दै राज्यले पुनर्उत्थान र राहतको प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिए । छलफल समस्या र कस्तो किसिमको प्याकेजको माग गर्ने’bout सम्बन्धित भएको पनि उनले प्रष्ट पारे ।

संघको प्रतिनिधिमण्डले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा औद्योगिक क्षेत्रमा रहेका उद्योगका प्रतिनिधिहरुसँग त्यहाँको समस्या’bout बुझ्दै राहत प्याकेज’bout सुझाव लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नुवाकोटको बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै बिजयी