मध्यरातमा वडाध्यक्षको घर र गोठ खरानी

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ का वडाध्यक्ष शत्रुधन मण्डलको घर तथा गोठमा शनिबार राती आगलागि भएको छ । राती ९ बजेतिर अचानक भएको आगलागिले मण्डलको एउटा घर पूर्णरुपले खरानी भएको छ भने गोठमा रहेको ११ वटा चाैपायासमेत जलेर मरेका छन् ।

प्रहरीका अनुसार आगलागिबाट मण्डलको टिनको छानो भएको एउटा घर, फर्निचर, लत्ताकपडा, खाद्यान्न, टिभि र केही कागजातहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । यस्तै सोही घरसँगै टाँसिएको उनको गोठमा रहेको सात वटा बाख्रा, दुई वटा खसी, एक÷एक भैसि र पारा पनि जलेर मरेका छन् ।

प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले कारण खुल्न नसकेको आगलागिबाट ८ लाख ७८ हजार रुँपैया बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताएका छन् । स्थानीयवासी र प्रहरीको सहयोगमा एक घण्टाको प्रयास पश्चात् आगोमाथी नियन्त्रण कायम गरिएको उनले जानकारी दिएका छन् ।

यता वडाअध्यक्ष मण्डलले आफ्नो घर र गोठमा कसैले आगजनी गरेको हुन सक्ने आशंका व्यक्त गर्दै त्यसको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । “न त विद्युत सर्ट भएको छ, न त घर र गोठमा प्रज्ववलनशिल बस्तु बालिएको थियो, वडा अध्यक्ष मण्डलले भने–झ्याल खुल्ला राखिएकाले कसैले सोही झ्यालबाट प्रज्ववलनशिल बस्तु फ्यालेर आगजनी गरेको हाम्रो आशंका छ ।”

उनले उक्त घटनाको छानबिन गर्न माग समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?