बलात्कार आरोपमा सचिन पक्राउ

तुलसीपुर । बालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–३ चखौरा निबासी २२ बर्षका सचिन चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।

१६ बर्षकी किशोरीलाई तुलसीपुर उपमहानगरपालिका–२ कुइरेपानीको जंगलमा शनिबार बलात्कार गरेको आरोप चौधरीमाथि लागेको छ । पीडितले दिएको जाहेरीका आधारमा पक्राउ परेका युवकका विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाईने प्रहरी निरीक्षक शर्माले बताए ।

यता, लकडाउनमा घुम्न निस्किएका ३ जनालाई प्रहरीले तुलसीपुरमा पक्राउ गरेको छ । ‘लकडाउन खुलेको छ कि छैन भन्दै बजारमा डुलिरहेका रहेछन,’ पहरी निरीक्षक झलक प्रसाद शर्माले भने – ‘ लकडाउनको उलंघन गरेर विनाकामै बजारमा हिडिरेकाले यिन्त्रणमा लिएका हौ ।’

समाजका जान्नेबुझ्नेहरुबाटै लकडाउनको उलंघन हुँदा त्यसले प्रत्यक्ष असर पारेको प्रहरीेले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै