
नेपालको प्रजातान्त्रिक इतिहासमा बीपी कोइरालाको नाम अग्रस्थानमा आउँछ । यिनकै नेतृत्वमा नेपालमा प्रजातन्त्र आएको र जनतालाई प्रजातान्त्रिक युगमा प्रवेश गराएकाले यिनलाई जननायक पनि भनिन्छ ।
साहित्यमा अराजकतावादी र राजनीतिमा समाजवादी भनेर उनका ’boutमा चर्चा हुने गथ्र्यो । यस’bout बेला मौकामा चर्चा भई नै रहन्छ । बीपी कोइरालाले नेपालमा प्रजातान्त्रिक प्रधानमन्त्रीका रूपमा काम गरे । तर, यिनको राजा महेन्द्रसँगको सम्बन्ध सुमधुर रहेन । अर्कोतर्फ नेपाली कांग्रेससभित्र पनि अन्तरकलह बढ्यो । मातृकाप्रसाद कोइराला, डा. तुलसी गिरी, विश्वबन्धु थापालगायतले बीपीलाई साथ दिएनन् । पछि यिनीहरूले नेपाली कांग्रेस नै त्यागे ।
यसमा राजा महेन्द्रले खेल्ने अवसर पाए । नेपाली कांग्रेसले चारतारे झन्डा बोकेर जनताको घर लुट्न जाने समूहका ’boutमा खासै बोलेन र यसलाई समयमै बुझ्ने प्रयास पनि गरेन । यी घटना भइरहँदा राजा महेन्द्रले देशका विभिन्न भूभागमा भ्रमण गरेर जनताको राय बुझ्ने काम गरिरहेका थिए ।
बीपीले राजाको यस गतिविधिप्रति पनि वास्ता गरेनन् । राजा महेन्द्रले देशमा प्रजातान्त्रिक निर्वाचन गर्न नदिने वा नगराउने योजनाअनुसार नेपाली कांग्रेसभित्रै विभिन्न खेल खेलिरहेका थिए । राजा महेन्द्र राजा मात्र नभएर राजनीतिज्ञ वा राजनीतिक खेलाडी पनि थिए भन्ने कुरा उनको शासनकालबाटै बुझ्न सकिन्छ । तर, बीपी कोइरालासहितका नेतामा राजा महेन्द्रसँग मिलेर प्रजातन्त्र बलियो बनाउन सकिन्छ भन्ने चेतना र चिन्तन जागृत नभएको हो कि भन्ने देखिन्छ, इतिहासबाट बुझिन्छ ।
२०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा १ सय ९ निर्वाचन क्षेत्रमध्ये ७४ वटा निर्वाचन क्षेत्रबाट निर्वाचन जितेर दुई तिहाइ जनमत ल्याउन सफल नेपाली कांग्रेसभित्रको अन्तरकलह नै राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिन वातावरण बनाउने कारण भएको इतिहासको अध्ययनबाट थाहा हुन्छ ।
त्यसैले, काँचो प्रजातन्त्रलाई बलियो बनाउँदै लैजान राजा महेन्द्रको सकारात्मक भूमिका आवश्यक थियो । किनकि, त्यो युग विश्वव्यापी रूपमा तानाशाह र सामन्तहरूको शासनसत्ता भएको युग थियो ।
वास्तवमा बीपी कोइराला राजनीतिमा समाजवादी थिए । उनले तत्काल थालेका सुधारका कार्यले साहु महाजनका साथै स्थानीयस्तरका ठूलाबडा र सामन्त–शासक सबै त्रसित थिए ।
प्रशासनिक सुधार, न्यायिक सुधार, किसानहरूका पक्षमा भूमि सुधार, उद्योग धन्धाको स्थापना, विकास र विस्तार, विश्वविद्यालयको स्थापना, एकैपटक २ हजार २ सय विद्यालयको स्थापना, राजा रजौटा उन्मूलन र जमिनदारको जग्गा अधिकरणलगायत अन्य कतिपय क्रान्तिकारी र प्रगतिशील कार्य बीपीकै नेतृत्वमा भएका थिए ।
यिनले गरेका यसप्रकारका गतिशील समाजवादी कार्यले उनका यी गतिविधिप्रति मन नपराएका प्रायः सबै व्यक्ति र समुदाय राजा महेन्द्रको पक्षमा लागे । जसरी पनि बीपी कोइरालालाई असफल गराउन चौतर्फी प्रहार भए ।
बीपीलाई कमजोर गराउनु भनेको काँचो प्रजातन्त्रको गति रोकिनु हो भन्ने विचार बोक्नेले समयको उचित मूल्यांकन गर्न सकेनन् । राजा महेन्द्रले बेला–मौकामा ‘आवश्यक परे आफ्नो दायित्वबाट पछि पर्दिनँ’ भन्ने अभिव्यक्ति दिइरहेका थिए ।
चारतारे झन्डा बोकेर जनताका घरमा दुःख दिन र लुटपाट गर्न जानेहरू कांग्रेसको बदनाम गर्न चाहने समूहबाट परिचालित भएको भन्ने कुरा समयमै नबुझ्दा र यसको समयमै समाधान गर्न नसक्दा भर्खरै प्राप्त भएको र प्रयोगमा आएको प्रजातन्त्र कमजोर भइरहेको भन्नेतर्फको चिन्तन अभाव भयो ।
तर, राजा महेन्द्र यस समयको सही उपयोग गर्दै उचित समयको प्रतीक्षामा थिए भन्ने कुरा इतिहासबाट थाहा पाउन सकिन्छ । तत्कालीन प्रजातान्त्रिक शक्तिहरूले राजा महेन्द्रको गतिविधि प्रतिक्रिया र भूमिका’bout कमजोर आँकलन गरेको भन्ने बुझिन्छ ।
इतिहासका कतिपय विश्लेषकले राजा महेन्द्रले राजनीतिक नेतृत्वबाट अपमान भएको महसुस गरिरहेका थिए । त्यसैले, उनले आफ्नो शक्ति पुनस्र्थापित गर्ने अवसर खोजिरहेका थिए ।
उनको स्वभाव र गतिविधिलाई बुझेर बीपीले राजालाई साथमै लिएर प्रजातन्त्र बलियो बनाउने कार्यमा लाग्नुपर्ने भए पनि यी दुवै आ–आफ्नो बौद्धिकतामा अडिग रहे । तर, यसो नगरेर राजा महेन्द्र र बीपी कोइराला मिलेर शासन गरेको भए काँचो प्रजातन्त्र बलियो हुने र देशको भाग्य नै बदलिने अवस्था आउनसक्ने कतिपय इतिहासकारले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
यी दुवैको आफ्नो व्यक्तित्वको टकरावका कारण प्रजातन्त्रले फुल्ने–फल्ने अवसर पाउन सकेन । देशका धनाढ्य वर्ग राजनीतिक व्यक्ति र नेपाली कांग्रेसभित्रकै बीपी कोइरालाका विरोधीहरू राजा महेन्द्रका नजिक हुन पुगे ।
यसले राजालाई फाइदा हुन पुग्यो । परिणामतः प्रजातन्त्र गुम्यो । वास्तवमा बीपी कोइरालाले छोटो अवधिमा परिवर्तनकारी कार्य गरे । नेपाली कांग्रेसको समाजवादी सिद्धान्तलाई लागू गर्न खोजे तर पार्टीको सांगठनिक एकता र सहकार्य कमजोर थियो ।
सगरमाथा विवादका कारण भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँगको सम्बन्ध सकारात्मक रहेन । चीनसँग पनि त्यस्तै सम्बन्ध रह्यो । अर्थात् छिमेकीहरू पनि राजा महेन्द्रकै निकटस्थ बन्न पुगे । यसले पनि राजा महेन्द्रलाई फाइदा पु¥यायो । यसरी हेर्दा राजा महेन्द्र र बीपी कोइरालाको व्यक्तित्व टकरावका कारण काँचो प्रजातन्त्रको जरा पलाउनसमेत पाएन । राजा महेन्द्र चलाख राजनीतिज्ञका रूपमा उदाए । उनले देशमा चौतर्फी विकासका लागि नेतृत्व लिए ।
उनकै नेतृत्वमा देशका विभिन्न क्षेत्रमा उद्योग, सडक, विद्युत्, खानेपानी, वनजंगल, शिक्षा, स्वास्थ्यलगायतका विकासका आधारभूत काम भए ।
विकासको त्यस आधारबाट देश अहिले पनि उभिएको छ । तर, राजा महेन्द्रकालीन औद्योगिक संरचनाको आधुनिक विकास र विस्तार गर्नुपर्नेमा पछिल्लो राजनीतिक नेतृत्वले ती उद्योगको अस्तित्व जोगाउनसमेत सकेन । त्यतिबेला राजा महेन्द्र र बीपी कोइरालाबीचको सम्बन्ध सुमधुर नभएकैले देशले प्रजातान्त्रिक युगमा पुनः प्रवेश गर्न निकै ठूलो संघर्ष, आन्दोलन र विद्रोह गर्नुप¥यो ।
राजा महेन्द्रले १ पुस २०१७ मा शासनसत्ता आफ्नो हातमा लिएपछि देशमा पुनः नयाँ प्रकारको वातावरण बन्दै गयो । निकै लामो संघर्ष र विद्रोहबाट प्राप्त प्रजातन्त्रको अनुभव गर्न नपाउँदै जनता अर्को शासन व्यवस्थाको सिकारमा परे । प्रजातान्त्रिक नेताहरूको भागाभाग र जेल चलान भयो भने पुराना सामन्तहरू जुर्मुराउन थाले उनीहरू राजा महेन्द्रका सहयोगी बनेर अग्रमोर्चामा देखिन थाले ।
राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात गरेसँगै नेपाल पुनः सामन्तवादी, निरंकुश र पहुँचवादी वा परिवारवादी शासन व्यवस्थामा डुब्दै गयो । आफूलाई राज्यका हरेक संरचनामा बलियो बनाउँदै लगेका राजा महेन्द्रले शासन व्यवस्थालाई थप सशक्त बनाउँदै गए । यिनले आफूलाई जनप्रिय बनाउन विभिन्न काम पनि गर्दै गए ।
चतुर राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि देशको समग्र विकासमा आफ्नो ध्यान पु¥याउन थाले । शिक्षा क्षेत्रमा सुधार गर्दै लगे । सबै जनताका लागि पढ्ने वातावरण मिलाउन देशव्यापी विद्यालयहरू स्थापना हुन थाले । स्वास्थ्य क्षेत्रमा पनि सुधारका कार्यक्रम आरम्भ गरे । उद्योग, कलकारखाना स्थापना र सञ्चालनमा जोड दिए ।
राजाले आफ्नो कार्यकालमा देशका पूर्वाधारका कामलाई प्राथमिकता दिए । राजा महेन्द्रकालीन शासन व्यवस्थालाई नेपालमा औद्योगिक विकासको समयका रूपमा लिइन्छ ।
यिनको कार्यकालमा देशमा जे–जति विकासका पूर्वाधार बने, त पूर्वाधारकै आधारमा देशमा थप विकासको कामलाई प्राथमिकता दिएर प्रजातान्त्रिक अभ्याससँगै काम गरेको भए यो देश विश्वकै नमुनाको देश बन्न सक्थ्यो ।
तर, राजा महेन्द्र र बीपी कोइरालाबीचको असमझदारीका कारण प्रजातान्त्रिक अभ्यास हुन सकेन । राजाले यस अवसरमा आफूलाई एक नमुनायोग्य राजाका रूपमा स्थापित गर्ने प्रयास गरे ।
त्यसैले, यिनलाई विकासवादी राजाका रूपमा इतिहासले मूल्यांकन गरेको पाइन्छ । यस्ता राजा र बीपी कोइरालाबीच समझदारी भएर सहज तरिकाले प्रजातान्त्रिक समय अगाडि बढेको भए आजको नेपाल विकसित र समृद्ध भइसक्थ्यो भनेर इतिहासकारले विश्लेषण गरेको पाइन्छ ।
वास्तवमा राजा महत्वाकांक्षी थिए । उनले कलिलो प्रजातन्त्र फल्न–फुल्न दिएनन् । उनले चालेको कदमविरुद्ध देशका सबै जिल्लामा आन्दोलन भयो । नेपाली कांग्रेसले देशव्यापी कार्यकर्ता र समर्थक उता¥यो । वास्तवमा दुई तिहाइ जनमत लिएको र प्रजातन्त्रको प्रमुख शक्ति रहेको नेपाली कांग्रेसको समर्थनमा कतिपय विदेशी प्रजातन्त्रवादी शक्ति पनि थिए । जति आन्दोलन र विद्रोह भए पनि राजाले कसैको कुरा सुनेनन् ।
यसपछि पनि राजाको शासनविरुद्ध नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गयो । ७ मंसिर २०१८ मा दिक्तेलको ऐंसेलुखर्कमा क्रान्तिकारी र सरकारी फौजबीच संघर्ष हुँदा करिब ३ सय जना कांग्रेसी क्रान्तिकारीलाई सरकारले गिरफ्तार गयो । नेपाली कांग्रेस दिक्तेललाई आफ्नो कब्जामा लिन चाहन्थ्यो तर सरकारी फौजका अगाडि कुनै उपाय लागेन ।
यसपछि यस इलाकामा २२ वैशाख २०१९ मा पनि अर्को संघर्ष भएको थियो । यस संघर्षमा कांग्रेसका तर्फबाट क्रान्ति गर्नेहरूमध्ये सरकारको फौजले पाँच जनालाई मारेको थियो । अरू कयौं पक्राउ परे र कयौंलाई जेल चलान गरियो । यसैगरी, २०१८ पुसमा इलाममा यस्तै प्रकारको संघर्ष चल्यो । कांग्रेसका क्रान्तिकारीहरूले प्रहरी चौकीमाथि आक्रमण गरी हातहतियार लुट्न सफल भएका थिए । यसपछि पनि इलाममा विभिन्नपटक संघर्ष भयो । कतिपयको मृत्यु भयो, कति पक्राउ परे, कतिलाई जेल चलान गरियो ।
इलाममा १५ जना मारिएको विवरण पाइन्छ । यसैगरी, पाँचथरमा पनि सरकारी फौज र कांग्रेसी क्रान्तिकारीबीच निकै संघर्ष भयो ।
यस स्थानको संघर्षमा प्रहरी पनि मारिएका थिए । क्रान्तिकारीले यस जिल्लाका केही स्थानबाट हतियार बरामद गर्न सफल भएका थिए । यसरी हेर्दा राजाले आफ्नो हातमा शासन लिएपछि देशमा शान्ति कायम हुन निकै समय लाग्यो । ताप्लेजुङ जिल्लामा पनि निकै संघर्ष भयो ।
भोजपुरमा पनि सरकारी फौज र कांग्रेसी संघर्षकर्ताबीच संघर्ष भयो । यतिबेलाको सशस्त्र संघर्ष रामेछाप, दोलखा, पाल्पा, गुल्मी, स्याङ्जा, बझाङ, सुर्खेत, दैलेख, कालिकोट, बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, भैरहवा र तराईका अन्य विभिन्न जिल्लालगायत प्रायः सबै स्थानमा राजा महेन्द्रको एकदलीय तानाशाही शासनका विरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलन ग¥यो ।
राजाविरुद्ध देशव्यापी आन्दोलन भए, जुलुस निस्किए । राजाले राज्यको पुरै शक्ति प्रयोग गरेर प्रजातन्त्र पक्षधरलाई दबाउँदै गए । चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाहीलगायतका जिल्लामा पनि पञ्चायतविरुद्ध संघर्ष भयो । सैनिक फौज र प्रहरी दुवैलाई प्रयोग गरेर राजाले कांग्रेसका क्रान्तिकारीलाई कमजोर बनाउँदै गए ।
यसरी राजा महेन्द्रले राज्यको पुरै शक्ति प्रयोग गरेर पञ्चायती व्यवस्थाको जरा विस्तार गर्दै लगे । प्रजातन्त्र पक्षधर कयौंलाई राजा महेन्द्रले हत्या नै गरे ।
अर्थात् कयौंले प्रजातन्त्रका लागि बलिदानी दिए । यसरी राजा महेन्द्रले बलजफ्ती शासन आफ्नो हातमा लिएर मुलुकलाई प्रजातन्त्रको उज्यालोबाट एक दलीय निरंकुश शासनको युगमा पु¥याए । नेपाली कांग्रेसको नेतृत्वमा निकै लामो संघर्षबाट प्राप्त भएको प्रजातन्त्रलाई निमोठेर पुनः उही निरंकुश शासनको अभ्यास गरे । राजा महेन्द्रको महात्वाकांक्षाले मुलुकमा प्रजातन्त्रले गति लिन सकेन । १ वर्ष, २ वर्ष गर्दा–गर्दै पञ्चायतले २९ वर्ष शासन ग¥यो । २०४६ चैतसम्म शासन गरेको पञ्चायतले देशमा विकासका पूर्वाधारका क्षेत्रमा केही महत्वपूर्ण काम त ग¥यो तर जुन रूपमा मुलुकले गति लिनुपर्ने हो, लिन सकेन । प्रजातन्त्रले फल्न–फुल्न पाएको भए उत्तर–दक्षिण छिमेकी देशले विकासमा गरेको प्रगतिअनुसार मुलुकले गति लिन सक्थ्यो ।
वास्तवमा मुलुक आजको अवस्थाबाट धेरै अगाडि बढेको हुन सक्थ्यो । इतिहासलाई हेर्दा गरिएको यो अनुमान भए पनि वास्तवमा जनताले स्वतन्त्रताको अनुभूति गर्दा र स्वतन्त्रपूर्वक काम गर्ने वातावरण पाउँदा मुलुकमा साँच्चिकै केही हुन सक्थ्यो । तर, राजा महेन्द्र र बीपीबीचको टकरावले जनताको अभिलाषामाथि राजा महेन्द्रले कुल्चिए । राजा आफ्नो महत्वाकांक्षामा अग्रसर भए ।






