काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी ट्वान्टी विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
क्यानले कप्तान रोहित पौडेलेको नेतृत्वमा क्रिकेट टिमको घोषणा गरेको हो । कप्तान पौडेल रहेको टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी छन् । यस्तै सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, सन्दीप जोरा, बासिर अहमद, सोमपाल कामी, करन केसी, नन्दन यादव, गुलसन झा, ललित राजवंशी, शेर मल्ल, लोकेश बमले विश्वकप खेल्ने टिममा स्थान बनाएका छन् ।
क्यानको पछिल्लो फ्रेन्चाईज लिगमा उत्कृष्ट प्रर्दशन गर्ने विनोद भण्डारी, अविनाश बोहोरा विश्वकप खेल्ने टिमबाट छुटेका छन् । टी ट्वान्टी विश्वकप क्रिकेट अर्को महिनादेखि श्रीलंका र भारतमा आयोजना हुदैछ ।
तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)






