रियलले अर्का सातादेखि प्रशिक्षण थाल्ने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडले अर्का साताबाट टोलीको प्रशिक्षण थाल्ने भएको छ । रियलले स्पेन सरकारको नियमलाई पालना गर्दै ११ मेबाट आफ्नो प्रशिक्षण स्थल भाल्डेबेवास बेसमा प्रशिक्षण थाल्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९)का कारण स्पेनिस ला लिगासहित विश्वको खेलकुद गतिविधि मार्च पहिलो साताबाट स्थगित छ । फ्रेन्च लिग वान रद्द गर्दै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई च्याम्पियन घोषणा गरिसकेको छ । जर्मन बुन्डेस लिगा र इंग्लिस प्रिमियर लिगका आर्सनल र टोटेनहमले प्रशिक्षण सुरु गरेका छन् । जर्मन बुन्डेस लिगा ७ मेबाट सुरु गर्ने भनिए पनि प्रशिक्षण दौरान एफसी कोलोग्नीका तीन स्टाफमा कोरोना संक्रमण भेटिएपछि १६ मेलाई सारिएको छ । तर, क्लबहरूले लगातार प्रशिक्षण गरिरहेको छ ।

स्पेन सरकारले जारी गरेको लकडाउन सोमबारदेखि खुकुलो गर्ने तर सतर्कता अपनाउन निर्देशन दिएकाले पनि स्पेनिस क्लबहरूले प्रशिक्षण थाल्ने योजना बनाइरहेका छन् । रियलले प्रशिक्षण मैदानमा थोरै खेलाडीहरू समावेश गरेर (समूहगत रूपमा प्रशिक्षण नगरी) सामाजिक दूरीको पालना गरी प्रशिक्षण थाल्ने मार्काले जनाएको छ । स्पेनको राष्ट्रिय खेलकुद काउन्सिलले ला लिगाका सबै क्लबका खेलाडीको कोरोना परीक्षण गर्ने बताएको छ । तर, काउन्सिलले सबै खेलाडीलाई परीक्षण गर्न दबाब दिनेछैन । ला लिगा क्लबहरूले ला लिगा पुनः सुरु हुन सबै स्वस्थ हुनुपर्ने बताएका छन् । अन्यथा ला लिगा हुन नसक्ने बताएका छन् ।

जिनेदिन जिदानको रियल ला लिगाको दोस्रो स्थानमा रहेको छ । रियल शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि छ । बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ । रियल च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा रहेको छ । पहिलो लेगमा रियल इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २–१ ले पछि परेको छ । दोस्रो लेग सिटीको मैदानमा हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

epaper

ताजा समाचार

जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन