ग्यास सिलिन्डर बिस्फोट हुँदा २ बालक गम्भीर

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ सत्रसय भन्ने स्थानमा हिजो आइतबार ग्यास सिलिण्डर बिस्फोट हुँदा २ जना बालक गम्भीर घाईते भएका छन् । विस्फोटमा पारी स्थानीय विनोद विकका दुई छोरा ११ वर्षीय विवेक गम्भीर रहेका र अर्का ७ वर्षीय सरगम भने सामान्य घाइते रहेको बताएको छ।

घाईते मध्ये विवेक विकको शरिर र हातको केही भाग जलेको र अर्का घाईते सरगम विकको अवस्था सामान्य रहेको छ । उनीहरुको आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार भैरेहेको छ ।

खान पकाइरहदा ग्यास सिलिण्डर विस्फोट भएको थियो । सिलिन्डर विस्फोट हुँदा विकको घरको भित्तासहित छाना भत्किएको छ । ग्यास सिलिण्डर विस्फोट हुँदा घर पुर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 835 times, 1 visits today)

epaper

ताजा समाचार

कैलालीका नदीमा डल्फिनको चहलपहल