एक महिने शिशु ओछ्यानबाटै बेपत्ता

काठमाडौं । दैलेखमा एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता पारिएको । ठाटीकाँध गाउँपालिका वडा नं. १ सिराडी बस्ने बम बहादुर बुढाकी एक महिनाको छोरी सुतेको ठाउँबाट हराएकी हुन् । गएराति ९ बजेको समयमा बुढा, उनकी श्रीमती मनीषा, छोरा र एक महिनाको छोरीसहितको परिवार घरमा सुतिरहेका थिए ।

अचानक घर नजिकै रहेको कोसमाराको रुखमा राखेको खरमा आगलागी हुँदा बम बहादुर र मनीषा उक्त आगो नियन्त्रण गर्न घर बाहिर गएका थिए । आगो नियन्त्रणमा लिई घर फर्किँदा एक महिने छोरी हिना सुतिरहेको ठाउँमा नभेटिए पछि बम बहादुरले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी ठाटीकाँध दैलेखमा जानकारी गराए पश्चात् प्रहरी सहायक हवलदार कृष्ण बुढाको कमाण्डमा ३ जनाको टोली खटी गई खोजी कार्य भइरहेको प्रहरी सहायक हवलदार भुपिन्द्र खरुले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ