वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका उम्मेदवार भुवनसिंह गुरुङ विजयी भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा अध्यक्ष गुरूङले ४२८ मत पाउँदा उनका प्रतिश्पर्धी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन बीच तालमेलमा बनेको संयुक्त व्यवसायी समूहका उम्मेदवार नरेश गेलालले ३६७ मत प्राप्त गरेका छन ।

निर्वाचित गुरुङ संघका पूर्व द्वितीय उपाध्यक्ष र गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । गुरुङ म्यानेजमेन्ट प्रालिका संचालक गुरूङ संघको पूर्व द्वितीय उपाध्यक्ष भएर संघको अनुभव सङ्गालेका व्यवसायी हुन् । अध्यक्षमा विजयी भएसङ्गै गुरूङले संघलाई निश्चित समूहको स्वार्थ पूर्तिको माध्यम बन्नबाट रोकि सबै व्यवसायीको हकहितमा काम गर्ने बताए ।

लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसंगको तालमेलमा बनेको यो प्यानलले अध्यक्ष, महासचिवसहित १३ पदमा बिजयी भएको छ भने गेलाल समुहका ४ बिजयी भएका छन ।

प्रथम उपाध्यक्षमा एलाईन्स ह्युमन रिसोर्सका सुजित कुमार श्रेष्ठ बिजयी भएका छन भने विजयी श्रेष्ठले ३७५ मत प्राप्त गर्दा  नोकरी नेपाल प्रालिका संचालक नरेन्द्रप्रसाद ढकालले ७३ मत कम ३०२ मत प्राप्त गरेका छन । यसैगरी, सो पदमा प्रतिश्पर्धा गरेका स्वतन्त्र उम्मेदवार अख्तर हुसेनले १०१ मत प्राप्त गरेका छन ।

द्वितीय उपाध्यक्षमा गुरूङ प्यानलका अलर्ट ओभरसिज प्रालिका संचालक देवकुमार खोखालीले ४०२ मत प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गेलाल प्यानलका मधुकर रिजालले २४ मत कम ३७८ मत प्राप्त गरे।

तृतीय उपाध्यक्षमा गेलाल प्यानलका बैकुण्ठ पौडेल वैभवले ४३५ मत ल्याई विजयी भएका छन भने पराजित इम्प्लोइमेन्ट क्रियसन सर्भिस प्रालिका संचालक हर्कबहादुर लिम्बूले ८५ मत कम  ३५० मत प्राप्त गरे । 

यसैगरी महासचिवमा गुरूङ प्यानलका उम्मेदवार ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका संचालक महेशकुमार बस्नेतले ४२३ मत ल्याई विजयी हुदा प्रतिद्वन्दी गेलाल प्यानलका कर्णराज कटुवालले ६१ मत कमी ३६२ मत प्राप्त गरेका छन । गुरूङ प्यानलका अध्यक्षका  उम्मेदवार गुरुङ र महासचिवका उम्मेदवार बस्नेतले समान ६१ मतको अन्तरले निर्वाचन जितेका छन ।

यसैगरी आकृति रिक्रुटिङ प्रा। लि।का संचालक गुरूङ प्यानलका कुन्छा दोर्जे डिङ्दोङले ३७४ मत ल्याई सचिवमा विजयी भएका छन भने पराजित गेलाल प्यानलका उम्मेदवार अनिल बोगटीले ६३ मत कमी ३११ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत प्राप्त गरेका छन । 

कोषाध्यक्षमा विजयी गेलाल प्यानलका धनु सिंजालीले ४२८ प्राप्त गर्दा पराजित गुरूङ समूहका उम्मेदवार शुभ हारती मेनपावर प्रा लि का सञ्चालक बिक्रम श्रेष्ठले ७१ मत कमी  ३५७ मत प्राप्त गरेका थिए । 

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाले सार्वजनिक गर्यो घोषणापत्र, भन्यो– नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन