लेखक लाठको सीमान्त सम्झना लोकार्पित

काठमाडौं । आख्यानकार गणेशप्रसाद लाठले नयाँ पुस्तक ’सीमान्त सम्झना’ पाठकमाझ ल्याएका छन् । यसअघि चार वटा उपन्यास लेखिसकेका उनले यस पटक गैह् आख्यान निबन्ध सँग्रह बजारमा ल्याएका हुन् ।

शनिवार काठमाडौँमा एक समारोहबिच सीमान्त सम्झना लोकार्पण गरियो । लेखक लाठले एलएलबी चौथो सेमेस्टर अध्ययनरत अदिती साह, गत वर्ष मदन पुरस्कारप्राप्त कृति मुकाम रण मैदानका लेखक मोहन मैनाली, टिप्पणीकार यादव देवकोटालाई पुस्तक हस्तान्तरण गर्दै यो कृति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा यो पुस्तकका लेखक गणेशप्रसाद लाठले भने,‘कसैले पढोस्, नपढोस्, छापोस्, नछापोस् तर लेखिरहन्छु । सोही कारण काठमाडौँले यसपालि मलाई बेग्लै माया र ऊर्जा दिएको छ’, ३३२ पृष्ठको सीमान्त सम्झनाको मूल्य ७४५ रुपैयाँ रहेको पनि उनले जानकारी गराए ।

लोकार्पित पुस्तक सीमान्त सम्झना’bout बोल्दै लेखक यादव देवकोटाले भने, ‘म सहरमा आलोचक यदाकदा निन्दकका रूपमा चिनिन्छु तर म आज यहीबाट एकमुष्ट रूपमा भन्न चाहन्छु की सीमान्त सम्झना पुस्तक ज्ञानवर्धक र पठनीय छ ।’

सीमान्त सम्झना पुस्तक कोरा कल्पनामा आधारित नभएको र आत्मश्लाघाबाट पनि मुक्त रहेको देवकोटाले टिप्पणी गरे । उनले भने, ‘सयौँ व्यक्तिसित कुराकानी गरेर लेखिएको, दर्जनौँ पुस्तक, लेख रचना उद्धृत गरी लेखिएको अनि दुर्लभ फोटोहरू पनि यहाँ प्रस्तुत गरिएको हुँदा सीमान्त सम्झना अनुसन्धानमूलक खजाना हो,’वीरगन्जका लेखक गणेशप्रसाद लाठले क्षमा दान उपन्याससहित यसअघि चार पुस्तक प्रकाशित गरेको पनि देवकोटाले बताए ।

यो पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले आफूले सीमान्त सम्झनामा साहित्यको रसिलो शैली र गैह् साहित्यको शोध शैली संयुक्त रूपमा भेटेको बताए । सीमान्त सम्झना शोधपत्र र सोच पत्र दुवै भएको जिकिर उनले गरे । कार्यक्रममा सम्पादक आचार्यले भने,‘लेखक गणेशप्रसाद लाठ एक जनाको मात्र नभएर पुस्तकमा धेरै जनाको भोगाइ समेटिएको छ, त्यसैले यो पुस्तक सामूहिक स्मृति पुञ्ज र लोक इतिहास हो ।’

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु