श्रेयजको बहुरूपी नयाँ शैलीमा विमोचित

काठमाडौं । युवा लेखक श्रेयज सुवेदीले पहिलो पुस्तक कथा संग्रह बहुरूपी पाठकमाझ ल्याएका छन् । काठमाडौँमा सात स्थानबाट पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक सार्वजनिक गरियो ।

काठमाडौं बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालमा राखिएका बुक स्टलमा पुगेका पाठकले बहुरूपी खरिद गर्र्दै पुस्तकलाई सार्वजनिक गरे ।

प्रकाशन संस्था बुक हिलका अध्यक्ष भूपेन्द्र खड्काले पुस्तक लोकार्पणको परम्परागत शैली त्यागेर अब नयाँ बजार व्यवस्थापनमा लाग्नुपर्ने बताए । उनले भने, ‘कतिपय पुस्तक राम्रा हुँदाहुँदै पनि लक्षित पाठकसम्म पु¥याउन सकिएको हुँदैन, नयाँ तरिकाले त्यसको प्रचारप्रसार गर्दा के रैछ भनेर पाठकलाई रुचि हुन सक्छ । बहुरूपीमा हामीले त्यही गरेका हौँ ।’

लेखक श्रेयजले फरक तरिकाले पुस्तक लोकार्पण भएकोमा खुसी लागेको बताए । उनले भने,‘मेरा कथामा मेरै शैलीको मेरोपन भएकोले केही फरक होस् भन्ने थियो, आजको लोकार्पणले त्यसको सुरुवात भएको छ ।’

१५ वटा कथाहरू बहुरूपीमा रहेका छन् । कथा वाचनको परम्परागत शैलीभन्दा भिन्न रहेर ६ वटा खण्डमा कथाहरू विभाजन गरेर संग्रहमा राखिएको छ । संग्रहमा रहेका हरेक कथाले मधेसको जीवन, प्रकृति, भूगोल, भाषा र स्थानीयपनलाई बोकेका छन् । युवाका मनोविज्ञान, सपना र भोगाइलाई आकर्षक शैलीमा श्रेयजले प्रस्तुत गरेका छन् । बुक हिलले प्रकाशन गरेको पुस्तक २२८ पृष्ठको छ । यसको मूल्य ५५५ रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना