दाङमा श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि निधन

दाङ । दाङमा श्रीमानको किरिया बसेकी श्रीमतीको निधन भएको छ । नेपाल रेडक्रसका केन्द्रिय सदस्य तथा रेडक्रसका दाङ जिल्ला उपसभापति भगवती शर्माको निधन भएको हो । उनका श्रीमान नारायण आचार्यको निधन भएको ६ दिनपछि श्रीमती भगवती शर्माको किरिया बसेकै अवस्थामा शनिबार बिहान निधन भएको हो । गएराति ११ बजे जीवनजल पानी खाएर सुत्नु भएकी शर्मालाई बिहान उठाउने बेला न उठेपछि तत्काल राप्ती लाइफ कियर हस्पिटलमा लगिएको थियो ।

अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेको विनोद शर्माले जानकारी दिनुभयो । भगवती शर्मा लामो समयदेखि सुगर, प्रेसर, कोलेस्ट्रोल रोगबाट पिडित हुनुहुन्थ्यो । श्रीमानको किरियामा बस्नुभएकी शर्माको असामयिक निधनले सिङ्गो आचार्य परिवारमा थप पीडा थपिएको छ ।

शर्मा पनि एक दशक देखि विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर काम गर्दै आएकी थिइन । शर्माको शनिबारै राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टमपछि शितलपुर घाटमा अन्त्येष्टि गर्ने तयारी रहेको आफन्त विनोद शर्माले जानकारी दिए ।

यसअघि उनका श्रीमान नारायण आचार्यको गोली लागेर मृत्यु भएको थियो । घरमै रहेको १२ बोर बन्दुकले आफै गोली हानेर सुसाइट गरेको प्रहरीको प्रारम्भिक प्रतिवेदनले जनाएको छ । उनीहरु दाङको तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुरमा बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी