गायक पवनदीप सडक दुर्घटनामा घाइते

मुम्बई । बलिउडका गायक तथा गायन सम्बन्धी रियालिटी सो इन्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा घाइते भएका छन् । यस दुर्घटनामा गायक पवनदीपलाई गम्भीर चोट लागेको भारतीय मिडियाहरूले जनाएका छन् ।

गायक पवनदीप राजन सोमबार बिहान ३ः४० बजे अहमदाबादमा कार दुर्घटनाको सिकार भएका हुन्। यस दुर्घटनामा उनी गम्भीर घाइते भएका छन् । उनको दाहिने हात र देब्रे खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट रहेको चिकित्सकहरूले जनाएका छन् । उनी दुर्घटनामा परेर गम्भीर घाइते भएको भिडियो सोमबार दिउँसोबाट भाइरल भएको छ । प्रशंसकहरूले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । डाक्टरहरूले अहिले उनको उपचार गरिरहेका छन् ।

पवनदीप राजनको दुर्घटनाको ’bout अस्पतालबाट प्रारम्भिक बाहेक पूर्ण अपडेट खबर आएको छैन । गायक पवनदीप उत्तराखण्डको चम्पावत जिल्लाका बासिन्दा हुन् । उनका बुबा सुरेश राजन, आमा सरोज राजन र बहिनी ज्योतिदीप राजन कुमाउनी लोक कलाकार हुन् । पवनदीप राजन आफ्नो संगीत यात्रालाई अघि बढाउन चम्पावतबाट मुम्बई सरेका थिए ।

पवनदीपले सन २०१५ मा गायन सम्बन्धित भारतीय रियालिटी सो द भ्वाइस इन्डियामा भाग लिएका थिए । त्यसपछि, पवनदीपले इन्डियन आइडलको १२ औँ सिजनको उपाधि जितेका थिए । इन्डियन आइडल १२ को ट्रफीसँगै, पवनदीपले कार र २५ लाख रुपैयाँ पुरस्कार रुपैयाँ राशि पनि जितेका थिए । यसपछिबाट भने उनी प्राय मुम्बईमै बस्ने गरेका थिए । बलिउडमा पाश्र्व गायनसँगै अन्य गीत गाउँदै उनले करिअर अघि बढाइरहेको थिए । यसै क्रममा एउटा सांगीतिक कार्यक्रममा जने क्रममा उनी सोमबार बिहान दुर्घटनामा परेको समाचार आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतिको मृत्यु