राजविराज । बच्चासँगै विष सेवन गरेर सिकिस्त भएकी राजविराज नगरपालिका–१ चनौराकी काजलकुमारी साफी १० दिनको उपचारपछि विहीवार घर फर्केकी छिन ।
उनी पुर्णरुपमा भने अझै स्वस्थ्य भइसकेकी छैनन । यद्दपी उनी खतरामुक्त अवस्थामा रहेको र केही दिन अझ उपचार आवश्यक रहेको चिकित्सकहरुले जनाएका छन । गत बैशाख १६ गते गेहँुको किरा मार्न प्रयोग गरिने ट्याब्लेट (विषादी) सेवन गरेपछी सिकिस्त भएकी २५ वर्षिया काजल र उनका ४ वर्षिय छोरा सौरभलाई उपचारका लागी विराटनगर स्थित नोबेल अस्पतालमा पु¥याइएको थियो ।
चार वर्षिय सौरभको सोही दिन उपचार कै क्रममा मृत्यु भएको थियो । आमा काजललाई १० दिन सम्म आइसियुमा राखेर उपचार गर्दा उनी बाँचिएकी हुन । उनका श्रीमान विगत ४ वर्ष देखी रोजगारीका सिलसिलामा कतारमा छन । घट्नाको प्रारम्भीक अनुसन्धानका क्रममा प्रहरीले घरायसी तनावका क्रममा आमाले छोरालाई विष खुवाएर आफु समेत खाएको देखिएको बताएका थिए ।
घरायसी तनाव तथा विदेशमा लामो समय देखी रहेका श्रीमानले पनि खासै वास्ता नगरेकाले तनावमा आएर काजलले आफु विष खाएर छोरालाइ पनि खवाएको केही स्थानीयले पनि बताईरहदा अहिले काजल र परिवारजनले वास्तविक्ता भने अर्के रहेको जनाएका छन ।
घरमै स्वास्थ्यलाभ गरिरहेकी काजलले घटनाका दिन गँहुको किरा मार्न प्रयोग गरिने ट्याब्लेट (विषादी) लाई हाजमोला पाचक सम्झेर भुलबश ४ वर्षिय छोरा सौरभले सेवन गरेको संचारकर्मीहरुलाई बताएकी छिन । “सौरभले विष खाएको थाहा पाएपछी उसको मुखमा औला हालेर केही ट्याब्लेट निकाल्न भ्याँए, काजलले भनिन– “तै पनि छोराको अवस्था शिथिल हुदै गएको देखे पछी सोही ट्याब्लेट मैले पनि निले ।”
विषादीलाई हाजमोला पाचक सम्झेर भुलवश खाएका एक मात्र छोरा न बाँच्ने अवस्थामा पुगेपछी मैले पनि विषादी सेवन गरेकी हुँ, उनले भनिन – “छोरा त बाँचेनन, तर म अभागी बाँच्नु प¥यो ।“
बच्चाको पहँुचबाट टाढा र सुरक्षित ठाउँमा राख्नु पर्ने औषधी (विषादी) लापरवाही पुर्वक राखिदा यस्तो अप्रिय घटना निम्तिएको काजलकी सासु सुलोचनाले सुनाईन । उनका अनुसार सौरभ ४ महिना कै हुदा अनिल रोजगारीका लागी कतार गएका थिए । उनी अहिले पनि कतार मै छन । अनिलले घर व्यवहार चलाउन बेला बेलामा पैसा पठाईरहने तथा स्थानिय “राइजिङ्ग बोडिङ्ग” स्कुलमा नाम लेखाइ पढने व्यवस्था मिलाइएका बेला भएको अकल्पनीय घट्नाले पुरै परिवार शोकमा डुबेको उनको कथन छ ।
प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले आमा–छोरा विष सेवन प्रकरणको सुक्ष्म अनुसन्धान भइरहेको बताए । स्वास्थ्य लाभको क्रममा रहेकी काजल पुर्णरुपमा निको भएपछी अनुसन्धानका लागी बोलाइने प्रहरी उपरिक्षक खतिवडाको कथन छ ।






