‘जनमत पार्टीप्रति जनताको आकर्षण बढेको छ’

राजविराज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको बताएका छन् ।

विहीबार सप्तरीको विष्णुपुर गाउँपालिकामा जनमत पार्टीद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा जनसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे उनले यस्तो कुरा बताएका हुन् ।

उनले निकट भविष्यमै हुन लागेको नागरिक उन्मुक्ति पार्टी संगको एकिकरण प्रक्रिया पुरा भएपछि पार्टीलाई देशैभर थप स्थापित गर्ने समेत बताए ।

आफ्नो पार्टीले नै जनताको हित र मूलुकको विकास गर्ने दावीका साथ उनले पार्टी प्रति अहिले जनतामा उत्साह थपिएको बताए ।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका उनले आफू विकासको पक्षमा तथा राज्यपक्षद्वारा भईरहेको विभेदको विपक्षमा संगठित रुपमा उभिएको बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका पुर्व केन्द्रिय सदस्य विशेश्वर रजक सहित विभिन्न पार्टी परित्याग गरि दुईसय भन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए ।

उनकै अध्यक्षतामा आयोजित काक्रममा मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंह, संगठन विभाग प्रमुख जयकान्त राउत, मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री शकिल अलि मियाँ, प्रदेश सांसद एवं पुर्व मन्त्री महेश प्रसाद यादव, प्रदेश साँसद शम्भु साह, हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर विरेन्द्र माझी, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता पालना गर्ने लुम्बिनीका दलहरुको प्रतिवद्धता