समुदाय स्तरीय संघसंस्थाहरुबाट उपप्रमुख डंगोललाई विश्व नेताका रुपमा सम्मान प्रदान

काठमाडौँको पहिचान संरक्षण र प्रवर्धन गर्न विश्वस्तरीय मञ्चमा इमान्दारितापूर्वक जिम्मेवारी वहन गर्नेछु — उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदाय स्तरीय संघसंस्थाहरुले विश्व नेताका रुपमा सम्मान गरेका छन् । उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको छ ।

उहाँलाई यो नेतृत्व प्राप्त हुनु ज्यापु समुदायसँगै महानगरबासीका लागि गौरवको क्षण भएको उल्लेख गर्दै आज काठमाडौँको खुशिँवुमा रहेको लय्ता भ्वय् छेँमा कार्यक्रम आयोजना गरेर ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् ।

सम्मान ग्रहण गर्दै उपप्रमुख डंगोलले, काठमाडौँको मौलिक पहिचानलाई संरक्षण र प्रवर्धन गर्न इमान्दारितापूर्वक काम गरिरहने प्रतिवद्धता व्यक्त गरे । राजनीतिक नेतृत्व र आफूले गरिरहेका कामका ’boutमा उल्लेख गर्दै उहाँले भने, ‘म राजनीतिक पृष्ठभूमि भएको परिवारको सदस्य होइन । मेरो परिवारमा कसैले पनि राजनीति गर्नुहुन्न ।

म पनि सामाजिक र सांस्कृतिक क्षेत्रको उत्थानका लागि समुदायमा काम गरिरहेकी थिएँ । यसरी काम गरिरहँदा सामाजिक तथा सांस्कृतिक रुपान्तरण र मौलिकता प्रवर्धनका लागि राजनीतिक नेतृत्वमा पुगेर नीतिमार्फत काम गर्न सकिन्छ भन्ने अनुभूति भयो । यसपछि म समुदायकै हौसला र प्रेरणाले राजनीतिमा आएकी हुँ ।

विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य हुँदै विश्व स्तरीय मञ्चमा ४० वर्ष उमेर समूहमुनिका नेताका रुपमा चयन भएपछि मैले थप जिम्मेवारी महसुस गरेकी छु ।’ उहाँले भन्नुभयो, ‘समुदायबाट प्राप्त सम्मानले मलाई लक्ष्यप्रति थप आँट र हौसला प्राप्त भएको छ । म यहाँहरुको अपेक्षालाई इमान्दारितापूर्वक वहन गर्नेछु ।’

वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले, उपप्रमुख विश्वस्तरीय मञ्चको नेतृत्वमा पुग्नु ज्यापु समुदायसँगै काठमाडौँ महानगरपालिका र महानगरबासी सबैका लागि गर्व भएको उल्लेख गरे । ‘विश्व स्तरीय मञ्चमा उपप्रमुखको उपस्थितिले काठमाडौँको पहिचान प्रवर्धनमा दिगो लाभ हुनेछ ।’ संगतको भनाइ थियो ।
कार्यक्रममा बोल्दै ज्यापु महागुथि नेपाःका केन्द्रीय अध्यक्ष सत्यनारायण डंगोल, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंह, ज्यापु महागुथि नेपाः, महानगर समितिका अध्यक्ष पञ्चनारायण महर्जनले, डंगोलले रञ्जना लिपीको प्रवर्धन, क्यालिजात्रामार्फत लिपि लेखन कला तथा प्रविधिमा रुपान्तरण, मूर्त अमूर्त सम्पदाको जगेर्नाका लागि गरेका संघर्ष अनुकरणीय रहेको उल्लेख गरे ।

कार्यक्रममा लोककवि राजभाइ ज्याकमिःले डंगोलको संघर्ष, अहिले उभिएको ठाउँको प्रशंसा गर्दै आगामी गन्तव्यको सामुहिक प्रार्थाना गर्दै रचना गर्नुभएको नेपाल भाषाको कविता वाचन गरेका थिए ।

डंगोलको विश्व युवा नेताका रुपमा नेतृत्व
सरकार, व्यवसाय, नागरिक समाज, शिक्षा, मिडिया र कला क्षेत्रका युवा नेतृत्वलाई एकै ठाउँमा ल्याएर आफूले नेतृत्व गरेको क्षेत्रसँगै समुदाय र बाहिरका क्षेत्रहरुको दिगो र सकारात्मक प्रभाव सिर्जना गर्नु नेतृत्व चयनको उद्देश्य हो । उपप्रमुख डंगोल राजनीतिक नेतृत्वका रुपमा चयन भएको हो । यसमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु छन् । दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएको हो । त्यसमध्ये नेपालबाट छानिनेमा उपप्रमुख डंगोलमात्र थिए । डंगोलको व्यक्तित्व ’bout फोरम आफ्नो वेभसाइटमा लेखेकोे छ, ‘उहाँ युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।’

फोरमको युवा नेतृत्व समूहमा शैक्षिक क्षेत्रबाट १० जना, आर्ट, कल्चर एण्ड स्पोर्टस्बाट ८ जना, व्यापारिक क्षेत्रबाट ४९ जना, नागरिक समाजबाट ११ जना, मिडियाबाट ५ जना, सरकारबाट १९ जना, सामाजिक उद्यमशीलता क्षेत्रबाट १३ जना चयन भएको छ ।
विश्वव्यापी समस्याको सुधार र व्यवहारिक समाधान गर्न प्रतिबद्ध युवा नेताको सहभागिता यसको शक्ति हो । यसले विश्वव्यापी सञ्जाल निर्माण, सामुहिक कार्य र नविनताका लागि कृतिम वौद्धिकता (एआइ) सहितका प्रविधिको प्रयोग गरेर नयाँ दृष्टिकोण सिर्जना गर्नेछ । यसबाट परिवर्तनको अपेक्षा गरिएको छ । युवा नेताहरुले परिवर्तन अंगाल्न सक्नेछन् । प्रगतिलाई तीब्र बनाउन काम गर्नेछन् । अरुलाई प्रेरित गर्नेछन् । नेतृत्व चयनका विषयमा फोरम अफ योङ् ग्लोबल लिडर्स फाउन्डेसनका अध्यक्ष निकोल स्वाबको भनाइ छ ।
सन् २००४ मा स्थापना भएदेखि, युवा ग्लोबल लिडर्स फोरममा १२० भन्दा बढी देशका १ हजार ४ सय भन्दा बढी सदस्यहरु छन् ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन