राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार ठगी तथा संगठित अपराध सम्बन्धि कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ठगी तथा संगठित अपराधका फरार प्रतिवादी सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ वस्ने ४९ वर्षिय रामकुमार रायलाई पक्राउ गरेको हो ।
भरत ठाकुरको जाहेरीले बादी नेपाल सरकार रहेको उक्त मुद्दामा गत बैशाख ७ गते सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि खोजतलासका क्रममा उनलाई उक्त नगरपालिकाको मझौरा गाउमा लुकी छिपी बसेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
पक्राउ परेका रायलाई सोमवार नै म्याद थपका लागी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)






