क्लोज बायर्नको सहायक प्रशिक्षक

म्युनिख । विश्वकप फुटबलका कीर्तिमानी गोलकर्ता जर्मनीका लेजेन्ड मिरोस्लाभ क्लोज बायर्न म्युनिखको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । बायर्नले क्लोजलाई प्रशिक्षक हान्सी फ्लिकको सहायकको रूपमा एक वर्षका लागि सम्झौता गरेको हो । उनले अर्का सिजनबाट आफ्नो पदभार सम्हाल्नेछन् ।

यस्तै, क्लबले सहायक प्रशिक्षक ड्यानी रोहलको सम्झौता २०२३ सम्म थपेको छ । क्लोजले दुई वर्षअघिबाट बायर्नकै युथ टिमको प्रशिक्षण सम्हालेका थिए । बायर्नले २०१८ क्लोजलाई यू–१७ टिमको जिम्मेवारी प्रदान गरेका थिए । सोही समय उनले बायर्नको यू–१७ टिमलाई साउथ र साउथवेस्ट लिगको उपाधि जिताएका थिए ।

प्रशिक्षणमा राम्रो देखिएपछि क्लबले उनलाई शीर्ष टोलीको जिम्मेवारी प्रदान गरेको हो । उनले सम्झौता भएको पुष्टि गर्दै सामाजिक सञ्जालमा क्लबका निर्देशक कार्ल हेइन्ज रुम्मेनिगे र स्पोर्टिङ डाइरेक्टर हसन सालिहामिदजिकसँग सामाजिक दूरी कायम राखेको तस्बिर पोस्ट गरेका छन् । ‘हामीले एकअर्कालाई राम्ररी चिनेका छौं । हामी एकअर्कालाई व्यावसायिक र व्यक्तिगत रूपमा विश्वास गर्छौं ।

यो मेरो कोचिङ करियरको अर्का तह हो,’ क्लोजको विज्ञप्तमा उल्लेख गरेका छन् । बायर्नका मुख्य प्रशिक्षक फ्लिकले मिरोको अनुभव र अन्तर्राष्ट्रियस्तरको पूर्वव्यावसायिकताको हिसाबले उनी बायर्नको कोचिङ टिमको उत्कृष्ट उम्मेदवार रहेको बताएका छन् । ‘हामीले एकअर्कालाई धेरै लामो समयदेखि चिनेका र प्रशंसा गरेका छौं । राष्ट्रिय टोलीसँगै ठूलो सफलता मनाउन सक्षम छौं,’ फ्िलकले भने ।

क्लबका निर्देशक कार्ल हेइन्ज रुम्मेनिगेले क्लोजलाई सिनियर टोलीको प्रशिक्षकमा ल्याउन पाउँदा खुसी लागेको बताएका छन् । ‘उनी विगत १५ देखि २० वर्षयता जर्मनीमा सर्वाधिक सफल फरवार्डको रूपमा चिनिएको छ । म मेरो पूर्वफरवार्ड मिरोसँग विश्वस्त छु, उनले प्रशिक्षकको रूपमा बायर्नलाई आफंैलाई सफल तुल्याउनेछ । मिरो फ्लिकको मनपर्ने उम्मेदवार पनि हुन् ।’

जर्मनीले २०१४ मा ब्राजिलमा भएको विश्वकप जित्दा फ्लिक जोचिम लोको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । सोही समय नै उनले विश्वकपमा गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका थिए । क्लोजले चार संस्करणको विश्वकपमा सहभागिता जनाउँदै २४ खेलबाट कीर्तिमानी १६ गोल गरेका छन् । उनले २०१४ को विश्वकपमा गोल गर्दै ब्राजिली रोनाल्डोको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

ब्राजिली रोनाल्डोको नाममा १५ गोल रहेको छ । उनी जर्मनीको सर्वाधिक गोलकर्तासमेत हुन् । ४१ वर्षीय क्लोजले १ सय ३७ खेलमा ७१ अन्तर्राष्ट्रिय गोल गरेका छन् । क्लोजले कैसरस्लाउटर, वेर्डर ब्रेमेन, बायर्न म्युनिख र लाजियोका लागि खेले । उनले विश्वकपसँगै दुई बुन्डेस लिगा, दुई जर्मन कप र कोपा इटालिया जितेका छन् । उनले बायर्नबाट २००७ देखि २०११ सम्म खेलेका थिए । त्यसपछि उनले २०११ देखि २०१६ सम्म इटालियन क्लब लाजियोबाट खेलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ