‘मलाई परेको छैन, किन चासो राख्नु’ भनेर कानुनी ज्ञान लिन छोड्नु हुन्न’ — उपप्रमुख डंगोल

कामपा वडा ११ को न्यायिक समितिबाट न्यायिक साक्षरताका लागि कार्यक्रम

काठमाडौँ । ‘कानुनी ज्ञान सबैका लागि अपरिहार्य रहेको र मलाई परेको छैन, किन जान्नु प-यो भनेर सोच्नु हुँदैन । ’ काठमाडौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आज भएको कामपा वडा ११ को महिला सञ्जालले आयोजना गरेको न्यायिक समितिको क्षेत्राधिकार सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा बताए । उनले भने ‘सकेसम्म विवादमा पर्नु नपरोस् । यदि परि हाले पनि ज्ञान भयो भने सामना गर्न सजिलो हुन्छ । मलाई परेको छैन, किन जान्नु प-यो भनेर सोच्नु हुँदैन । सकेसम्म विवादमा पर्नु नपरोस् । यदि परि हाले पनि ज्ञान भयो भने सामना गर्न सजिलो हुन्छ । आफू गरिरहेको काम कानुनी रुपमा उचित छ कि छैन ? भन्न थाहा पाउन पनि कानुनी ज्ञान चाहिन्छ ।’

उपप्रमुख डंगोलले न्यायलाई नागरिकको ढोकामा पु-याउन महिला सञ्जाल र वडा मेलमिलाप केन्द्र स्थापना गरिएको बताए । ‘न्याय प्राप्त गर्न कठिन नहोस् । खर्च गर्नु नपरोस् । थाहा नपाएर अन्याय सहेर बस्नु नपरोस् । खर्च धान्न नसकेर अन्याय सहेर बस्नु नपरोस् । यसका लागि हामीले काम गरिरहेका छौँ ।’ उपप्रमुखको भनाइ थियो ।

सोही कार्यक्रममा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले, अहिलेको शासन व्यवस्थाको सबैभन्दा सवल पक्ष भनेको न्यायिक विकेन्द्रीकरण भएको धारणा राखे । ‘यसअघि न्याय पाउन वकिल लगाएर अदालत धाउनु पथ्र्यो । अहिले आफ्नै ढोकामा न्याय पाइन्छ । पैसा तिर्नु पर्दैन । औपचारिक ढाँचा चाहिँदैन । यो अवसर व्यवस्था परिवर्तनले दिएको उपहार हो ।’ तण्डुकारको भनाइ थियो ।

कार्यक्रममा महानगरपालिकाका कानुनी सल्लाहकार सरस्वती श्रेष्ठले प्रस्तुतिकरण गर्दै देवानी प्रकृतिका सबै खालका विवाद मेलमिलापका माध्यमबाट टुङ्ग्याउन सकिने बताए । यस्तै वरिष्ठ अधिकृत हरि वाग्ले काफ्लेले, हिंसा, दमन र शोषणका विरुद्ध अदालती प्रक्रियाबाट मुद्दा गरिरहनु नपर्ने बताए ।
महिला सञ्जाल गठन भएपछि महिलालाई नेतृत्वमा ल्याएको चरितार्थ भएको महसुस भएको छ । कार्यक्रममा महिला सञ्जालका संयोजक आशा श्रेष्ठ रौनियारको भनाइ थियो । यस्तै मेलमिलाप केन्द्रका संयोजक यशोमती परियारले, वडाको न्यायिक प्रणालीबाट घरघरमा न्याय र मनमनमा शान्ति भएको अनुभव सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी