इन्टरस्कुल अब्स्टेकल कोर्ष च्यालेन्ज सम्पन्न (भिडियोसहित)

काठमाडौं । काठमाडौं उपत्यकाका ३० भन्दा बढी विद्यालयका ५ सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएको नेपालकै पहिलो इन्टरस्कुल अब्स्टेकल कोर्ष २०२५ सम्पन्न भएको छ । कोर्ष प्ले नेपाल र पेरिविन्कल सर्भिसेजको संयुक्त आयोजनामा अर्बन फामै टोखामा सम्पन्न भएको हो ।

चार फरक उमेर समूह (८–१०, ११–१२, १३–१४, १५–१६) अन्तर्गत १०८ टिमबीच प्रतिस्पर्धा भएको थियो । साहसिक खेल कार्यक्रमले विद्यार्थीहरुको शारीरिक क्षमता, समूहमा सहकार्य गर्ने सीप र मानसिक दृढतालाई सहयोग पुग्ने आयोजकले दाबी गरेका छन् ।
‘हामीले यस्ता कार्यक्रम सिर्जना गरेका छौं, जुन खेलमार्फत् सिकाइलाई जीवन्त र व्यवहारिक बनाउँछ, प्ले नेपालका कार्यकारी निर्देशक प्रकाश बस्नेतले भने– विद्यार्थीबाट पाएको ऊर्जा र सहभागिता अत्यन्त प्रेरणादायी थियो ।’

आयोजक करुणा तामाङले भनिन्, ‘यो कार्यक्रम नेपालका लागि नयाँ भएता पनि विश्वव्यापी रुपमा अभ्यास हुँदै आएको मोडल हो, जसले विद्यार्थीमा आत्मविश्वास, सहकार्य र शारीरिक मानसिक क्षमता विकासमा योगदान दिन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आलिया भट्टलाई ठग्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
टीकापुर क्षेत्रमा दुई पक्षीय प्रतिष्पर्धा