ललितपुरको निदान अस्पतालको मुख्य गेटमा सिलबन्दी

काठमाडौँ । आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएसँगै निदान अस्पतालको मुख्य गेटमा सिल गरिएको छ ।

सङ्क्रमित युवती अस्पतालमा गएर विभिन्न व्यक्तिसँग भेटेको हुनसक्ने आशङ्कामा अस्पतालमा सिल गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । आरोग्य फाउण्डेशन र निदान अस्पताल एउटै गेटभित्र रहेकाले मुख्य गेटमा नै सिलबन्दी गरिएको हो । दुवै संस्थाको पार्किङ र चमेनागृह एउटै पाइएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

बिहान झण्डै ११ बजेदेखि प्रहरीले अस्पतालमा रहेका स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी, कुरुवालगायत कसैलाई पनि भित्रबाट बाहिर निस्कन दिइएको छैन । स्वास्थ्य सेवा विभागको टोलीले ‘कन्ट्रयाक ट्रेसिङ’ शुरु गरिसकेको छ । उनले भने, ‘सङ्क्रमितको संसर्गमा नगएकालाई विस्तार पठाउन सकिन्छ ।” अहिले पनि भित्र संसर्गमा आएको हुनसक्ने सम्भावित व्यक्ति र अरुलाई छुट्याएर राखिएको प्रहरी उपरीक्षक कार्कीले बताए । दुवै संस्थामा गरी झण्डै ३०० व्यक्ति रहेको प्रहरीले जनाएको छ । भक्तपुरकी ती युवतीमा मङ्गलबार सङ्क्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब !