Monday, July 26, 2021
Homeविदेशकोरोना अपडेटः विश्वभर २ लाख ९२ हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर २ लाख ९२ हजारको मृत्यु

,
sharethis

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ एक हजारको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८३ हजार ४२५ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु

विश्वभर ४३,४३,२५२ १६,०४,५६२ २,९२,९१४

१. युरोप १६,७६,२४३ ६,८७,२३२ १,५५,७८३
२. उत्तर अमेरिका १५,४६,७३६ ३,६९,४३८ ९३,५५४
३. एसिया ७,०३,६०९ ३,९४,९१९ २२,८६५
४. दक्षिण अमेरिका ३,३६,३७८ १,१९,७३२ १८,१७१
५. अफ्रिका ७०,९८४ २४,८२० २,४०७
६. ओसेनिया९अस्ट्रेलिया० ८,५८१ ७,७७० ११९

दक्षिण एसियाली मुलुकहरु

१. भारत ७४,४८० २४,४५३ २,४१५
२. पाकिस्तान ३४,३३६ ८,८१२ ७३७
३. बंगलादेश १६,६६० ३,१४७ २५०
४. अफगानिस्तान ४,९६३ ६१० १२७
५. श्रीलंका ८८९ ३६६ ९
६. माल्दिभ्स ९०४ २९ ३
७. नेपाल २१७ ३३ –
८. भुटान ११ ५ –

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

साताका लोकप्रिय समाचार

पुल नहुँदा वारपार गर्न बयलगाडाको सहारा

  धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीका केही महिला शिवगंगा नदीको किनारमा रहेको चौरमा गाईगोरु, बाख्रा चराइरहेका थिए । नदीमा तिघ्रासम्मको पानी थियो । केही...

एमाले देशको मुख फेर्ने परिपक्व पार्टी हो : ओली

  काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को...

हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्म

शास्त्र र पुराणका अनुसार ब्रह्मा, इन्द्र, रुद्र, अग्नि, वरुण, कुबेर, सूर्य र सोम आदि देवताहरूले वन्दना गरिने देवताहरूका आराध्यदेव भगवान विष्णु नारायण असार शुक्ल...

सत्ता गठबन्धनको निष्कर्ष मन्त्रिपरिषदमा पाँचै दल

  काठमाडौं । पाँच दलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा गठबन्धनमा आबद्ध सबै दल सहभागी हुने निश्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ...

ट्रेन्डिङ

एसियन पेन्ट्सद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइनका विजेता घोषणा

काठमाडौं । एसियन पेन्ट्सद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९÷२० का विजेताको घोषणा गरिएको छ । नेपाल आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता २०१९–२० को सुरुवात गत...

भदौ ४ देखी रिलायन्स लाईफको आइपिओ जारी हुने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लि.ले भदौ ४ गतेदेखी सर्वसाधारणका लागि १०० रुपैंया अंकित दरका ६३ लाख कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्ने भएको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)