यस्तो छ राष्ट्र बैंकले आज सार्वजनिक गरेको नयाँ मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । शुक्रवार गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

घर जग्गा किन्नेलाई ऋणको सीमा बढाइयो
नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ । आज (शुक्रबार) नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष ०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै व्यक्तिलाई घर किन्न दिइने आवासीय घर कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको घोषणा गरे ।

यसअघि यस्तो कर्जा सीमा २ करोड रहेको थियो । पहिलो पटक घर किन्नेलाई मूल्यांकनको ८० प्रतिशतसम्म आवासीय कर्जा दिइने भएको छ । यसअघि यस्तो कर्जा सीमा ७० प्रतिशत थियो ।

त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि बढाइएको छ । यसअघि घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेकोमा त्यसलाई बढाएर ७० प्रतिशत कायम गरिएको छ । अब मूल्यांकनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ ।

सेयर धितो कर्जाको सीमा बढ्यो
नेपाल राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाएको छ । यसअघि व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जा सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्‍याइएको छ । धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत बैंकहरूले सेयर धितोमा कर्जा दिँदै आएका छन् । यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब प्रवाह भएको छ ।

पूर्णपाठका लागि तल क्लिक गर्नुहोस् ।

https://www.nrb.org.np/contents/uploads/2025/07/Monetary_Policy_2082-083.pdf

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची