काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ ।
केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ । सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी छ ।
काठमाडौं उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उनी बताउँछन् ।
प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै उनले त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए ।
बालुवा, इँटा, मरेका जनावरलगायत फोहर प्रशोधन गर्न कठिन हुने गरेको छ । ढलको फोहर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा उक्त समस्या भएको उनको कथन छ ।
सम्बन्धित समाचार
युटिएल लाइसेन्स होल्ड प्रकरण: प्राधिकरणको बदमासी, तीन पूर्वमन्त्री शंकाको घेरामा
ब्रड पिकमा शव भेटिकामध्ये दुई जनाको पहिचान खुल्यो
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालन
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
राजनीतिक नियुक्तिमा फेरि मनोमानी
खाद्य प्रणाली रुपान्तरण रणनीतिक योजनाको विवरण संकलन गर्न स्थानीय तहसँग समन्वय गरिने
वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध






