लमजुङका ३ पालिकामा १० वटा बोयर जातका बोका वितरण

लमजुङ । लमजुङमा बाख्राको नश्ल सुधारका लागि तीन पालिकामा डेढ लाख बढी मूल्यका १० वटा बोयर जातका बोका वितरण गरिएको छ । ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी)द्वारा एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रम अन्तरगत बाख्राको नश्ल सुधारका लागि तीन पालिकामा बोयर जातको बोका १० जना कृषकलाई वितरण गरिएको हो ।

आरसिडिसीको कार्यक्षेत्र रहेका लमजुङका मस्र्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिका क्षेत्रका १० जना कृषकलाई बोयर बोका वितरण गरिएको सो संस्थाले जनाएको छ । ती बोका मस्र्याङ्दी गाउँपालिका– ८, उस्ताबेसीबाट खरिद गरिएको आरसिडिसीका कार्यक्रम संयोजक दुर्गाप्रसाद ढुंगानाले जानकारी दिए । उनका अनुसार बाख्राको नश्ल सुधारका लागि कृषकहरूलाई प्रोत्साहित गर्न १५ प्रतिशत किसानले तथा ८५ प्रतिशत लागत संस्थाले व्यहोरेको हो ।

वितरण बोका प्रतिकेजी ६९० रुपैयाँका दरले खरिद गरिएको कार्यक्रममा आरसिडिसीका फिल्ड अधिकृत आस्था पण्डितले बताइन् । एउटा बोका कम्तिमा १७ केजीको र सबैभन्दा ठूलो ३३ केजी सम्मका थिए । उनले भनिन्, ‘सो प्रयोजनका लागि किसानलाई पनि माया होस् भनेर मूल्यको १५ प्रतिशत बेहोर गर्न लगाइएको थियो ।’ परल मूल्यको ८५ प्रतिशत रकम आरसिडिसीले बेहोर गरेको उलने जानकारी दिइन् । सो कार्यका लागि किसानको समेत एक लाख ५८ हजार रुपैयाँ खर्च भएको छ उनको भनाइ छ ।

ती बोका प्राप्त गर्ने कृषकहरूमा दोर्दी गाउँपालिका– ८, दुवार गाउँका, सुन्दरबजार– ८ र नयाँ गाँउका दुई÷दुई जना तथा बेसीशहर नगरपालिका– ३ गाउँशहर, तथा सोही पालिका– १० को पासचौर, सालडाँडा र बेसीशहर नगरपालिका– १ उदिपुरका गरी एक÷एक जना गरी कुल १० जना किसान रहेका छन् ।

बाख्राको बोयर जातका बोका उच्च उत्पादन क्षमतायुक्त मानिन्छ आरसिडिसीका सामाजिक परिचालक राजु गुरुङले जानकारी दिए । उनका अनुसार ती बोका प्रजननका लागि प्रयोग गरिने भएकाले स्थानीय जातसँग क्रस गराएर स्थानीय बाख्राको उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

यस्ता कार्यक्रमले बाख्रापालन व्यवसायलाई व्यावसायिक बनाउँदै जिल्लाभित्रै गुणस्तरीय मासुको आपूर्ति सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । बोका पाएका कृषकहरूले संस्थालाई धन्यवाद दिर्दै, यस्ता उन्नत जातका बाख्रा प्राप्त भएपछि उत्पादनमा वृद्धि भई आम्दानी बढाउन सहयोग पुग्ने बताउनु भयो ।

उक्त व्याडको बोका वितरण कार्यमा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा गरिएको आरसिडिसीका सामाजिक परिचालक सुर्यमान गुरुङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिलमा चौथो कार्यकालका लागि लुलाको जित, प्रतिद्वन्द्वी बोल्सोनारोद्वारा पराजय अस्वीकार