पोखरा । पोखरामा कोरोना संक्रमित एकजना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा–११, फूलबारी निवासी ७४ वर्षीया महिला हुन् । उनको उपचारका क्रममा चरक मेमोरियल अस्पताल, पोखरामा आइतबार मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले भने, ‘मृत्यु भएको साँचो हो । गत असार २५ गते उहाँलाई कोरोना पुष्टि भएको थियो । उहाँमा अरु पनि रोग भएकाले कोरोनाकै कारण भन्न मिल्ने–नमिल्ने चिकित्सकलाई सोध्नु पर्ला ।’
अस्पताल प्रशासनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । उनमा रक्तचाप र मधुमेह समेत रहेको अस्पताल प्रशासनले जनाएको छ । गण्डकी प्रदेशमा लामो समयपछि फेरि कोरोना संक्रमण देखिएको छ । हाल प्रदेशभर ८ जना संक्रमित उपचारमा छन् । तीमध्ये कास्की जिल्लाका ५ जना छन् भने बागलुङका २ र स्याङ्जाका १ जना हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)






