Thursday, June 4, 2020
Home Not-to-be-missed सुनकोशी किनारामा सुसेल्दै बेली डान्सर

सुनकोशी किनारामा सुसेल्दै बेली डान्सर

बेलीडान्सर बिनु शाक्यको लकडाउन डायरी

यदि कोरोना संक्रमण नभएको भए यतिवेला उनी कुनै शहरको स्टेजमा चल्तिको गीतको भाकासंगै थरथर कम्मर मर्काइरहेकी हुन्थिन्

काठमाडौं । उनको घरको कौशीबाट प्रष्टै देखिन्छ सुनकोशी नदी । आँगनमै बसेर सुनकोशी सुसाएको सुन्दै आएकी बेली डान्सर बिनु शाक्यलाई नदी उर्लेको, नदीमा भेलबाढी आएको सामान्य लाग्छ । नदी किनारमा बाँकी बसेका रुखका हाँगामा फुत्त फुत्त गर्दै आफ्नै शैलिमा गाउँने चरिको भाका पनि खास लाग्दैन । ‘म त चरा चुरुङ्गीले गाएको सुन्दै गाउँमै हुर्केकाले होला त्यस्तो खास लाग्दैन ।’ बिनुले भनिन् । यसको अर्थ उनलाई चराचुरुङ्गीको भाका मन नपर्ने हैन । पटक पटक सुनेकाले उत्पात, अनौठो नलाग्ने उनको भनाई थियो ।

यदि कोरोना संक्रमण नभएको भए यतिवेला उनी कुनै शहरको स्टेजमा चल्तिको गीतको भाकासंगै थरथर कम्मर मर्काइरहेकी हुन्थिन् । कोरोना संक्रमणले विश्वबजारको गति रोकिएको छ । नेपाली बजारमा गीत, संगीतसंग सम्बन्धित कार्यक्रम हुने कुरै भएन । ‘दुई महिना पुग्न लाग्यो गाउँ आएको । अहिले घरमै बसेर नृत्यका नयाँ नयाँ स्टाइलहरु सिक्दैछु ।’ बिनुको भनाई थियो ।

अहिले पनि दैनिक चार घण्टा नृत्यका लागि समय दिने गरेकी बिनुलाई युट्युब र टिकटकले डान्सका नयाँ स्टेप खोजी गर्न सघाएको छ । ‘बिहान एक घण्टा ढोका थुनेर डान्स प्राक्टिस गर्छु । बाँकी समय युट्युब र टिकटक हेरेर स्टेपहरु सिक्छु ।’ ठिक्क चलाउदा टिकटकबाट पनि ज्ञान लिन सकिने उनको भनाई थियो । स्टेज कार्यक्रममा प्राय चेलेका गीतहरुमा पर्फम गर्नु पथ्र्यो । ती गीतमा भेराइटि दिने समय हुन्थेन । यो लकडाउनमा उनले नेपाली नृत्यसंग नेपाली कला र संस्कृतिबारे अध्ययन गर्ने अवसर पाइन् । ‘अबको मेरो नृत्य केही फरक हुनेछ । नेपाली कल्चर अझै बढी प्रयोग गर्ने छु ।’ उनले भनिन् । यहि बिचमा दुईसय बढी टिकटक भिडियो बनाएको बताउने बिनु ५० भन्दा बढी भिडियो पोष्ट गरेको सुनाउछिन् स्टेज कार्यक्रम नभएपछि टिकटकले दर्शकसंगको सम्बन्ध जोडिदिन्छ जस्तो लाग्छ उनलाई ।

‘मेरा सबै साथीहरुको बिहे भैसक्यो । यसपाली कोही पनि माइती आएनन् ’

सरकारले लकडाउन घोषणा गर्नु भन्दा चार दिन अघि उनी गाउँ पुगिन् । आफ्नै गाउँमा आयोजित कार्यक्रममा स्टेज प्रस्तुतिका लागि गाउँ जाँदै गर्दा कोरोना संक्रमणको सन्त्रास क्रमश बढ्दो थियो । कार्यक्रम सकियो उनी घरमै बसिन् । काठमाडौ फर्किने तयारी गर्दा गर्दै सरकारले लकडाउन घोषणा भयो । टेलिभिजनमा एक हप्ता लकडाउन घोषणा भएको समाचार सुन्दा उनलाई रमाइलो लाग्यो । भन्छिन् ‘लगातार कार्यक्रममा जाँदा थाकेको थिएँ । अब आराम गर्न पाइने भो भनेर मज्जा मानँे ।’ दोस्रो पटक थपिँदा पनि नमज्जा लागेको थिएन । अहिले भने बस्दा बस्दा बोर लाग्न थालेको छ । ‘थकाई पनि म¥यो, घरका मान्छेको मायाँ पनि पेट भरि पाएँ । अहिलेचाँहि बोर लाग्न थालेको छ ।’ घरभित्रै थुनिनुपर्दाको पिडा सुनाइन् ।

उनको घर बजारमै पर्छ । जुनसुकै बेला घरबाहिर निस्कन मनाही छ । त्यसो त घर भित्रै बस्यो भने कोरोना संक्रमणबाट जोगिन सकिन्छ भन्नेमा सचेत पनि छिन् । घरमा बस्दा बस्दा दिक्क लागेपछि अचेल भने साँझ बिहान सुनकोशी किनारमा टहल्लिन थालेकी छिन् । त्यहि चराहरुको चिरपरिचित भाका उनलाई रमाइलो लाग्न थालेको छ । नदीको सुसाहट, बेला बेला आउने धमिलो भेलमा पनि केही फरक पन पाए जस्तो लाग्न थालेको छ । शहरबाट छुट्टि मनाउन गएकाहरु बस्ने नदी किनारको चौरमा अहिले बेला बेलामा सेता बकुल्लाको हुन बस्छन् । त्यही दृष्यले उनलाई रमाइलो तुल्याउछ ।

जब सुनकोशी तीरमा उभिन्छिन् उनलाई मुस्ताङ र राराको याद आउछ । मुस्ताङ र रारा टेलिभिजन र कम्युटरको स्क्रिनमा मात्रै हेरेकी बिनुलाई एकपटक त्यहि पुग्ने मन छ । ‘तत्कालै त सम्भव नहोला । छिट्टै जान्छु ।’ उनले भनिन् ।

साथीहरु माईती आएनन्

गाउँमा गएर पुराना साथीभाई भेट्नु र उनीहरुसंग अन्तरंग गफ गर्नु एकखालको संस्कार नै हो । दसैं, तिहारजस्ता चाड पर्वमा थोरै दिन गाउँ बस्दा पनि स्कुल कलेजका धेरै साथीहरुसंग भेट हुन्थ्यो । यसपाली लगभग दुई महिना गाउँ बसिन् एकजनासंग पनि भेट भएन । ‘मेरा सबै साथीहरुको बिहे भैसक्यो । यसपाली कोही पनि माइती आएनन् ।’ लकडाउनले साथीहरुलाई माइती आउनै अप्ठयारो परेको उनको आशय थियो ।

(Visited 614 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

भर्खरै

सिन्धुलीमा एक जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले मन्त्रालयको दैनिक प्रतिवेदनमा बुधबार उक्त पुष्टि गरेको...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)