भर पेट मम खान नाटक निर्देशक बनेका सौगात

अभिनेता सौगात मल्लले आर्थिक सञ्चय गर्ने बानी आफ्नो अझै नभएको बताएका छन् । एउटै चलचित्रबाट २० लाख रुपैयाँसम्म पारिश्रमिक लिने यी अभिनेता अझै अविवाहित छन् । उमेरले ४० पुग्न लागेका सौगात आफूसँग पैसा भएपछि खर्च गर्न आनन्द आउने बताउँछन् ।

सौगातको शीर्ष भूमिका रहेको नयाँ चलचित्र ‘सिटामोल’ यही २३ साउनबाट रिलिज हुँदै छ । यो चलचित्रमा उनले जनयुद्धका क्रममा खुट्टामा गोली लागेर अपांगता भएको पूर्व जनसेनाको भूमिका निर्वाह गरेका छन् । यसमा उनी जनयुद्ध समापनपछि सेना समायोजनको क्रममा राज्यबाट ठुलो रकम पाएको जनसेनाको भूमिकामा छन् । आफ्नो हातमा पैसा परेपछि मनलाग्दी खर्च गर्ने भूमिका यी अभिनेताले यो चलचित्रमा निभएका छन् ।

चलचित्रमा आफूले निभाएको भूमिका र आफ्नो स्वभाव उस्तै भएको सौगातले बताए । हातमा पैसा गरेपछिको आफ्नो स्वभाव’bout यी अभिनेताले राजधानीसँग भने,‘ गोजीमा टन्न पैसा भएपछि मलाई मज्जाले साथीहरूसँग खानपिन र रमाइलो गर्न मन लाग्छ । खानपिनसँगै सपिङ गर्न पनि म रुचाउँछु ।’

जीवनमा पैसाको अभावले मन लागेको कुरा खान नपाएको पीडा अभिनेता सौगातसँग छ । विगतका ती दिनलाई सम्झेर पनि आजकाल मन लागेको बेलामा मज्जाले खाने गरेको यी अभिनेताले बताएका छन् । दुई दशक अघि अभिनेता सौगात मतिदेवीमा रहेको आरोहण गुरुकुलमा कलाकारको रुपमा काम गर्थे । आरोहणमा एक दशक बिताएका उनले त्यहाँ बस्दा खान र होस्टेलको सुविधा पाएका थिए । तर नाटकमा अभिनय गरेबापत पारिश्रमिक पाउँदैन थिए । त्यो पल सम्झँदै उनले राजधानीसँग भने,‘ गुरुकुलमा हप्तामा एक पटक मात्र मासु खान पाइने भएकाले बाहिर गएर मलाई खुबै सेकुवा र मम खान मान लाग्थ्यो । तर त्यति बेला मसँग पैसा हुँदैन थियो ।’

धित मरुन्जेल मम खानकै लागि उनले गुरुकुलमा नाटक समेत निर्देशन गरेका थिए । सौगातको भनाइमा उनलाई नाटक निर्देशक गर्न साह्रै दिक्क लाग्थ्यो । धेरै पटक निर्देशक सुनिल पोखरेलले उनलाई नाटक निर्देशनको जिम्मा दिँदा पनि उनले मानेका थिएनन् । तर एक पटक पारिश्रमिक पाउने सर्तमा उनले नाटक निर्देशन गर्ने प्रस्ताव पाए । त्यो पल सम्झँदै उनले भने,‘मलाई मज्जाले मम खान र केही कपडा किन्न मन लागेर पनि पैसाको अभावले यो चाहना पुरा गर्न सकेका थिइन । नाटक निर्देशन गरे बापत पैसा पाउने भएपछि मैले एक महिनाको मेहनत पश्चात् नाटक निर्देशन गरेको थिएँ ।’

नाटक निर्देशन गरे बापतको पैसा पाए पछिको अवस्था’bout उनले भने,‘सबै भन्दा पहिला त मैले साथीहरूसँग भर पेट मम खाएँ । त्यसपछि चलचित्र घरमा गएर चलचित्र हेरेँ भने बाँकी बचेको पैसाले आफूलाई मन पर्ने कपडा किनेँ’, त्यति बेला आफूले चार-पाँच प्लेट नै मम खाएको पनि उनले बताए ।

सौगातको भनाइमा नाटकमा काम गर्न होस्टेलमा बस्दा उनीसँग पैसा हुँदैन थियो । साथीहरूसँग सापट माग्न पनि ऊनलाई अप्ठेरो लाग्यो । नाटक बाहेक अन्य आयस्रोत पनि थिएन । सबै कुरा भएर पनि पैसा नहुँदा त्यति बेला आफूले पैसाको महत्व धेरै नै बुझेको उनले बताए । बस भाडा नहुँदा त्यति बेला काठमाडौँबाट ललितपुर, भक्तपुरसम्म हिँडेरै गएको अनुभव पनि उनीसँग छ ।

आजकाल यी अभिनेतालाई पैसाको अभाव छैन । तर पनि सञ्चय गर्नु पर्छ भन्ने कुरामा अझै पनि उनी त्यति सचेत छैनन् । मिठो खानको लागि उनी निकै सौखिन छन् । त्यसैले पैसा हातमा पर्नासाथ मिठो खान मन पर्ने बानी आफ्नो अझै पनि उस्तै रहेको यी अभिनेताले बताए ।

चलचित्र सिटामोलमा यस पटक यी अभिनेताले वैशाखीको भरमा हिँड्ने पात्रको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा वैशाखी टेकेर हिँड्ने भूमिकाको लागि उनले निकै अभ्यास पनि गर्नु परेको थियो । त्यसो त सौगातले केही समय अघि एउटा चलचित्रमा अपांगता भएको चरित्र निर्वाह गरेका थिए । तर यस पटक भने चलचित्रको छायांकन अवधि भरी करिब ४५ दिन नै उनले वैशाखी टेक्नु परेको थियो ।

यो चलचित्रको छायांकनको क्रममा वैशाखी टेकेर हिँड्ने बानी परेका उनी छायांकन सकिनासाथ हिँड्नको लागि वैशाखी नै खोज्ने समेत भइसकेका थिए । त्यो पलको अनुभव सुनाउँदै उनले भने,‘चलचित्रको छायांकनमा सर्ट ओके भएपछि यता उता हिँड्नको लागि समेत वैशाखी नै प्रयोग गर्नु पर्ने आदत मलाई लागेको थियो । वैशाखी बिना हिँड्दा मलाई अनौठो लाग्ने बानी समेत परेको थियो ।’

यो चरित्रको लागि सौगातले वैशाखी टेकेर हिँड्ने धेरै मानिसहरूलाई नजिकबाट अवलोकन गरेका रहेछन् । छायांकनमा जानु अघि पनि उनले वैशाखी टेकाएर अरूलाई हिँड्न पनि लगाएका थिए । वैशाखीमा अरूले कसरी हिड्छन भन्ने बुझेर त्यसलाई अनुसरण गर्दै आफूले यो चलचित्रमा अपांगता भएको चरित्र निर्वाह गरेको अभिनेता सौगातले राजधानीलाई बताए । उनले यो चरित्र’bout भने,‘चलचित्र सिटामोलमा मैले निर्वाह गरेको भूमिकाले भोलीका दिनमा उत्कृष्ट अभिनेताको अवार्ड जित्न सक्ने सम्भावना देखेको छु ।’

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह