जसपा नेपालले तोक्यो संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुने पार्टी नेता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुने पार्टी नेताहरुको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले मोर्चाको उद्देश्य, आवश्यकता र औचित्य’bout जानकारी गराउन विभिन्न आठ स्थानमा मोर्चाले गर्न लागेको कार्यक्रममा पार्टीको तर्फबाट सहभागी हुने नेताको टुङ्गो लगाएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

मोर्चाको साउन १८ गते काठमाडौंको कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् भने साउन २१ गते भैरहवाको कार्यक्रममा महासचिव रामकुमार शर्मा, साउन २३ गते नेपालगञ्जको कार्यक्रममा महासचिव लालबाबु राउत र साउन २५ गतेको कैलालीको कार्यक्रममा उपाध्यक्ष विद्युत बज्राचार्य सहभागी हुनेछन् ।

त्यसैगरी भदौ १६ गते विराटनगरको कार्यक्रममा सह–अध्यक्ष रकम चेम्जोङ, भदौ १८ गते राजविराजमा हुने कार्यक्रममा उपाध्यक्ष मृगेन्द्रकुमार सिंह, भदौ २० गते जनकपुरमा हुने कार्यक्रममा उपाध्यक्ष राजकिशोर यादव र भदौ २२ गते वीरगञ्जमा हुने कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।

बैठकले मुलुकभित्र रहेका जातीय-राष्ट्रिय भाषिक, धार्मिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको अधिकार प्राप्तिका लागि ‘अल्पसंख्यक अधिकार संगठन’ गठन गर्न पार्टीले आवश्यक कार्य गर्ने निर्णयसमेत गरेको बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार