काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।
प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । उनले अफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । सो सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् र
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ । उनी यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
नेपाल टेलिकमका कर्मचारीको २ करोडभन्दा बढी सहयोग
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’
चलायमान बन्दै कोरला नाका
प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान
चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यु
प्रतिनिधिसभाको बैठक बस्दै, चार वटा संसदीय समितिको बैठक पनि बस्ने






