भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्थाले बेवारिसे सडक जनावर संरक्षणको लागि नगद सहयोग प्रदान गरेको छ । संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार सारा जनावर उद्दार केन्द्र नेपाललाई नगद ९ हजार रुपैयाँ सहयोग गरिएको हो । ‘बेवारिसे जनावरलाई खाना खुवाउन हामी फिस टनेल आयोजकको तर्फबाट सहयोग गरेका हौं’, अध्यक्ष महतले भने ।
बेवारिसे सडक जनावरको संरक्षणकोलागी नगद सहयोग
त्यसैगरी फिस टनेल आयोजना भएको स्थल भक्तपुरको राधेराधे टोलको बिकासका लागि समेत संस्थाले ५१ हजार नगद सहयोग गरेको अध्यक्ष महतले बताए । गएको असार ६ गतेदेखि सुरु भएको फिस टनेल एक्स्पोमा करिब ५५ हजार दर्शकले अवलोकन गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)






