काठमाडौं । सप्तरीमा घरायसी विवादका क्रममा भाइले बञ्चरो प्रहार गरी आफ्नै दाईको हत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका क्रममा भाइले दाईको हत्या गरेका हुन् ।
स्थानीय नरेन्द्र झाले घरायसी विवाद हुँदा दाई लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गर्दा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।
४० वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिएका छन् । घटना’bout अनुसन्धान थप भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)






