सरकारले लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने

काठमाडौं । नेपाल सरकार अन्तराष्ट्रिय सीमाको सुरक्षा गर्न प्रतिवद्ध रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सरकार अन्तराष्ट्रिय सीमा रक्षाका लागि प्रतिबद्ध रहेको बताएकी हुन् ।

ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट मित्र राष्ट्र भारतसँगको सीमा सम्बन्धमा विगत लामो समयदेखि बाँकी रहेका र समयसमयमा उठिरहेका विषयहरूको सामाधान गरिने उनले बताइन् ।

लिम्पियाधुरा लिपुलेक रकालापानी क्षेत्र नेपाली भूमि भएको त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिने राष्ट्रपतिले स्पष्ट पारिन् ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाली भूमि हो, त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिने छ’ उनले भनिन् ‘छुटेको भूमि समेत समावेश गरि नेपालको नक्सा जारी गरिने छ ।’

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङ कारागार बिहानैदेखि अशान्त, कैदीबन्दीद्वारा नाराबाजी