एउटा गीत खिच्न जयपुर पुग्यो ‘जेरी अन टप’

काठमाडौं । नेपाली चलचित्र ‘जेरी अन टप’को अहिले भारतमा छायांकन भइरहेको छ । यो चलचित्रको एउटा गीतको छायांकन गर्न चलचित्र युनिट बुधबार भारत गएको हो । भारतको राजस्थानमा रहेको जयपुर सहरका विभिन्न पुरातात्त्विक क्षेत्रमा यो चलचित्रको गीतको छायांकन भइरहेको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रका निर्माता सरोज न्यौपानेले चलचित्रको एउटा फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै बुधवारबाट त्यहाँ एउटा गीतको छायांकन आफूहरूले गरिरहेको बताएका छन् । उनले सार्वजनिक गरेको फोटोमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा प्रेमिल भावमा रहेका छन् । निर्माण टिमीले अनमोल र आँचल राजस्थान जाँदै गरेको हवाई जहाजको फोटो पनि सार्वजनिक गरेका थिए । गीतको छायांकन शुक्रवारसम्म सकेर आफूहरू शनिवार नेपाल फर्कने पनि निर्माता न्यौपानेले जनाएका छन् ।

निर्देशक सुयोग गुरुङको निर्देशनमा तयार भइरहेको यो चलचित्र आगामी ३० असोजमा तिहारको अवसरमा रिलिज हुने भएको छ । चलचित्र ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे (माग्ने बुढा), सुरक्षा पन्त, उषा खड्की लगायतको अभिनय रहेको छ । यो चलचित्रको निर्मातामा सरोज न्यौपानेसँगै रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी छन् । चलचित्रको कार्यकारी निर्माता अनुराधा गिरी र ईश्वर श्रेष्ठ हुन् भने दिलीप रेग्मी यसका छायांकार हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ