करणी आरोपमा खोटाङका सुमन राई पक्राउ

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका ३७ वर्षीय सुमन राई करणीको आरोपमा पक्राउ परेका छन् । उनीमाथि जिल्ला १२ ठेगाना दिएकी ३० वर्षीया महिलालाई शुक्रबार राति २ः१५ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा करणी गरेको आरोप लागेको छ ।

विवाहित महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुमनलाई जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए । पीडित भनिएकी महिलाले दिएको जाहेरीको आधारमा अस्थायी प्रहरी चौकी खार्मीले आरोपित सुमनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको छ ।

विवाहित अवस्थाका आरोपित सुमनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । सूचना अधिकारी मिश्रका अनुसार पीडितको तर्फबाट सुमनबिरुद्ध किटानी जाहेरी समेत परेको छ । शुक्रबार राति जाहेरी प्राप्त भएकाले दर्ता गरिएको छैन भने आइतबार कार्यालय समयमा दर्ता गरेर थप कारबाहीको प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

छिमेकी गाउँमा आएर बास बसेका सुमनले राति मादक पदार्थ सेवन गरेको झोँकमा सुतिरहेको ठाउँमा आएर आफूमाथि जबरजस्ती करणी गरेको पीडित महिलाले बताएकी छन् । दिउँसो सेवन गरेको मादक पदार्थले छोडेपछि भाग्न लागेका सुमनलाई छिमेकीको साथ लिएर घरदेखि केही पर पुगेको अवस्थामा नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको पीडित महिलाले बताएकी छन् ।

पीडित भनिएकी महिलालाई शुक्रबार नै प्रहरीको गाडीमार्फत जिल्ला झिकाएर साँझ जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पीडित भनिएकी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जबरजस्ती करणी जस्तो जघन्य घटनालाई गाउँमै मिलापत्र गराउन दबाब दिनेहरुमाथि समेत कारबाही हुनुपर्ने पीडित महिलाका आफन्तहरुको माग छ ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित