Saturday, July 11, 2020
Home भर्खरै कोभिड साम्य भएलगत्तै लोकसेवा परीक्षा

कोभिड साम्य भएलगत्तै लोकसेवा परीक्षा

काठमाडौं । लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ । लोकसेवाको परीक्षा के हुने भन्ने अन्योल भइरहेको बेला आयोगले महामारी साम्य भएलगत्तै स्थगित परीक्षा लिने जनाएको छ ।

परीक्षा मात्र स्थगित गरिएको हो : आयोग

लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमेगाईंले आयोगले लिन बाँकी पदको परीक्षा विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारी शान्त भएपछि लिइने बताइन्् । पहिलो चरणमा परीक्षा भएका र आयोगले फाराम बुझेका सबै परीक्षा नियमित रूपमै हुने हुमेगाईंले जानकारी दिइन् । ‘फाराम रद्द होइन, स्थगित गरिएको हो,’ प्रवक्ता हुमेगार्इंले भनिन् ।

सरकारले अर्को व्यवस्था नभएसम्मका लागि लोकसेवाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै लोकसेवा तयारी गरेर बसेका धेरै परीक्षार्थी अन्योलमा थिए । १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई पदपूर्तिसम्बन्धी सबै कार्य स्थगित गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।

हुमेगाईंका अनुसार लोकसेवाको वार्षिक तालिकाअनुसार खुलाउनुपर्ने पदको विज्ञापन भने नखुल्ने भएको छ । अब खुलाउने विज्ञापनमा भने सरकारसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रवक्ता हुमेगार्इंले जानकारी दिइन् । ‘यस विषयमा आयोगमा छलफल भइरहेको छ,’ प्रवक्ता हुमेगाईंले भनिन् ।

कोभिड–१९ का कारण नेपालको आर्थिक अवस्था कमजोर हुने र खर्च धान्न मुस्किल पर्ने भएकाले कर्मचारी भर्नाका सबै प्रक्रिया रोक्नुपरेको जनाइएको छ । चालू खर्च घटाउन कर्मचारी थप्ने प्रक्रिया रोकिएकाले नयाँ भर्ना प्रक्रिया भने अनिश्चित बनेको छ ।

आयोगकी प्रवक्ता हुमेगाईंका अनुसार वार्षिक कार्यतालिकाअनुसार सबैको विज्ञापन भइसकेकाले ती परीक्षा रोकिनेछैन तर प्राविधिक खरिदारको विज्ञापन हुन बाँकी रहेकाले त्यसको परीक्षा भने नहुने आयोगले जनाएको छ ।

त्यसैगरी, संस्थान र अन्य निकायको परीक्षा पनि स्थगित गरिएको हुमेगाईंले जानकारी दिइन् । हुमेगाईंले विज्ञापन भएर फाराम भरिसकेकालाई लकडाउनको समयमा तयारी गरेर बस्न पनि अनुरोध गरिन् । ‘महामारी कहिले शान्त हुने हो, कसैलाई थाहा छैन, त्यसैले अन्योल जस्तो भए पनि परीक्षाको तयारीमा भने लगातार लाग्दा राम्रो हुन्छ,’ प्रवक्ता हुमेगाईंले भनिन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लकडाउनका बेला कर्मचारी परिचालन गर्न नसकिएको अवस्थामा नयाँ भर्ना रोकिँदा कुनै समस्या नपर्ने बताए ।

(Visited 1,937 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)