‘चिठ्ठी’को ट्रेलरमा भूतको आतंक

काठमाडौं । चलचित्र ‘चिठ्ठी’ यही २० भदौबाट चलचित्र घरमा रिलिज हुँदै छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा शुक्रवार बेलुका यो चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत यसको ट्रेलर सार्वजनिक गरिएको हो ।

यो चलचित्र हास्य प्रधान हरर र सस्पेन्स जनरामा निर्माण गरिएको छ । आफ्नो युट्युब च्यानलको लागि विषयवस्तु खोज्न निक्लेका तीन जनाले यात्राको क्रममा भूत प्रेतसँग गर्नु परेको सामनालाई चलचित्रको ट्रेलरमा समेटिएको छ । भूतले आतंकै मच्चाएपछि उनीहरू त्यो भूतबाट बाच्न विभिन्न उपाय अपनाउँछन् । भूतप्रेतसँग कसरी भेट हुन्छ र भूतसँगको लामो संघर्षबाट कसरी मुक्ति पाउँछन् भन्ने प्रसंग पनि ट्रेलरमा संकेत गरिएको छ ।

निर्देशक माधव राज खरेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रलाई चलचित्रलाई कुबेर डिष्ट्रिब्युसन वितरण गर्ने भएको छ । हास्य प्रधान, हरर र सस्पेन्स जनराको भए पनि यस चलचित्रमा सामाजिक सन्देशलाई मनोरञ्जनसँगै पस्कने प्रयास गरिएको निर्देशक खरेलले राजधानीलाई बताए ।

चलचित्रमा खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, प्रबण भुसाल, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मि भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रह्लाद खरेल, डेभिल सिंह राजपूत, समीर लामा, राजु कार्की, रज्जु गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ ।

यसअघि पनि ‘टुटेको तारा…’ र ‘सिन्दूरको रङ’ गीतहरू सार्वजनिक भइसकेको यो चलचित्रको ‘सिन्दूरको रङ…’ गीत चर्चामा छ । चलचित्रलाई सञ्चारकर्मी तथा गीतकार कमला जोशीले निर्माण गरेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा