प्रचण्ड र विप्लवबीच तीन विषयमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सोमबार भेटवार्ता भएको छ ।

ललितपुरको हरिसिद्धिस्थित विप्लव निवासमा भएको भेटमा समसामयिक राजनीति, समाजवादी मोर्चालाई प्रभावकारी बनाउने तथा दुई पार्टीबीच एकताका विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

माओवादी केन्द्रको स्थायी समिति बैठकले केही समयअघि विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । पार्टी एकता’bout सकारात्मक कुराकानी भएको आचार्यले बताए ।

‘समसामयिक विषयमा, समाजवादी मोर्चाको विषयमा र पार्टी एकता’bout एक–अर्काको पार्टीले गरेको निर्णयका विषयमा छलफल भयो’, आचार्यले काठमाण्डूटुडेसँग भने, ‘पार्टी एकता गरेर जाने विषयमा सकारात्मक छलफल भयो ।’

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

epaper

ताजा समाचार

कान्ति लोकपथ अस्थायी रूपमा बन्द