हिरासतमा लेखेको कवितालाई संग्रहमा ल्याउँदै रवीन्द्र

काठमाडौं । केही महिना अघि ५० दिन हिरासतमा बस्दा आफूले लेखेका कविताहरूलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले पुस्तकको रूपमा ल्याउने भएका छन् ।

पुस्तकको प्रकाशनको तयारी भइरहेकाले यसलाई दुई साता पछि बजारमा ल्याउन लागेको पनि उनले बताएका छन् । रवीन्द्रले कविताहरूको संग्रहको नाम ‘माथिको आदेश छ’ राखेका छन् । पुस्तकलाई २८ भदौमा सार्वजनिक गरिने उनले जनाए ।

मिश्रको यो दोस्रो कविता संग्रह हो । उनको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो । यो दोस्रो कविता संग्रह फाइन प्रिन्टले प्रकाशन गर्न लागेको हो ।

‘माथिको आदेश छ’मा संग्रहित कविताहरू हिरासतसँगको बाध्यात्मक संसर्गबाट सृजना भएको मिश्रले बताएका छन् । पुस्तक’bout उनले सोमबार सञ्चारकर्मीसँग भने,‘यी कविता हिरासतको आवाज, आवेग र आर्तनाद हुन्,’ उनले अगाडि थपे, ‘५० दिन हिरासतमा बस्दा मलाई ३५ ओटा कविता फुरेछन् । कविताको सोच दिमागमा आउनु सामान्य हो, तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो ।’

हिरासत बसाइमा निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेको र तिनलाई आफूले कवितामा रूपान्तरण गरेको पनि उनले बताए । ती कविता सृजना’bout रवीन्द्रले भने, ‘तर त्यति छोटो अवधिमा त्यति धेरै कविता मैले जीवनमा कहिल्यै लेखेको थिइनँ । हिरासत बसाइका क्रममा कुनै दिन दुई ओटा कविता पनि लेखेको रहेछु ।’

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभुती गरेनन् : प्रभु साह