अमेरिकाको मिनीसोटा राज्यको मिनियापोलिसस्थित एननसिएसन क्याथोलिक विद्यालयमा भएको गोलीकाण्डमा दुई बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन । विद्यालयमा प्राथना भैरहेको समयमा आक्रमणकारीले चर्चको झ्यालमार्फत गोली चलाएको प्रहरीले जनाएको छ । कालो लुगा लगाएर घटनास्थल पुगेको आक्रमणकारीको पनि प्रहरी कारबाहीमा ज्यान गएको छ ।
घाइतेमध्ये १४ जना बालबालिका छन् र दुईको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुने बालबालिकाको उमेर ८ र १० वर्षको रहेको बताइएको छ । स्थानीय प्रहरी प्रमुख ब्रायन ओहाराले घटना’bout अनुसन्धान भैरहेको बताएका छन । आक्रमणकारीसँग राइफल, सटगन र पस्तोल रहेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टुथ सोसलमा ‘ह्वाइट हाउसले यस भयानक घटनालाई निरन्तर निगरानी गरिरहेको जनाएका छन । संघीय जाँच ब्यूरो एफबीआईले पनि घटना’bout अनुसन्धान भैरहेको जनाएको छ ।
एफबीआईले यस हमलालाई सम्भावित आतङ्कवादी कार्यको रूपमा छानबिन गरिरहेको जनाएको छ । आक्रमणकारीको घरवाट प्रहरीले थप हतियार बरामद गरेको छ । त्यस्तै, सामाजिक सञ्जालमा राखिएको घृणासम्बन्धी भिडियो समेट प्रहरीले हटाएको छ ।





