धनगढी उपमहानगरमा अत्याधुनिक दमकल सञ्चालन

धनगढी । धनगढी उपमहानगरपालिकाले अत्याधुनिक दमकल सञ्चालनमा ल्याएको छ। बुधवार एक विशेष समारोहका बीच नगर प्रमुख गोपाल हमालले दमकल उद्घाटन गरे ।

पाँच हजार लिटर पानी अटाउने क्षमतासहितको उक्त दमकलमा रसायन राख्ने सुविधा पनि छ, जसको प्रयोग आगलागी नियन्त्रणमा हुनेछ । नगर प्रमुख हमालका अनुसार उपमहानगरपालिकाले नगरका आठ स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिसकेको छ, जसले दमकलमा पानी भर्न सहज बनाउनेछ ।

“हरघडी नगर प्रहरी” भन्ने नारालाई व्यवहारिक बनाउँदै विपद् व्यवस्थापनमा धनगढीको लगानी र पूर्वतयारी सुदूरपश्चिममै अब्बल रहेको उल्लेख गर्दै नगर प्रमुख हमालले आगलागीको खबर पाएको तीन मिनेटभित्र दमकल परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाले फर्मसहितको नयाँ प्रविधि युक्त दमकल खरिदमा ६६ लाख खर्च भएको बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स