सुनको मूल्यमा २ लाख ५ हजार नाघ्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको छ ।

शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आज सोमबार थप महँगिएको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । दुबै दिन नयाँ रेकर्ड बनाएको सुन आज फेरि २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बनेको हो ।

यससँगै, आज सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

मुगुमा पहिरोले घर पुरिँदा तीन वर्षीय छोराको मृत्यु, बाबुआमा घाइते