सिन्धुली । मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका वडा नं. १ कुँडुलेमा मंगलबार सुमो दुर्घटना भएको छ । दुर्घटनामा परि चारजना घाईते भएका छन ।
काठमान्डौबाट सोलुतर्फ जाँदै गरेको ना१ज५०७४ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा दोलखाको भिमेश्वर नगरपालिका वडा नं. ७ का ४७ वर्षिय ज्ञान बहादुर खड्का, पाल्पाको रामपुर नगरपालिका वडा नं. ३ का ३२ वर्षिय सचित मल्ल, ओखलढुंगाको सिद्दिचरण नगरपालिका वडा नं. ११ का २५ वर्षिय करिश्मा बस्नेत र ओखलढुंगा सिद्दिचरण नगरपालिका ११ की २२ वर्षिय निरुता बस्नेत घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईतेहरुको गोलञ्जोर ३ ग्वालटारमा रहेको भुवनेश्वरी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले बताए । गाडीमा १० जना सवार रहेका थिए । अन्य ६ जना सकुशल रहेको सुवेदीले जनाए ।