काभ्रे मालपोतका कर्मचारी २ लाख नगदसहित अख्तियारको फन्दामा

काभ्रेपलाञ्चोक । मालपोत कार्यालय काभ्रेका एक कर्मचारी नगद सहित अख्तियारको फन्दामा परेका छन् । कार्यालयमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।

आज बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले मालपोत कार्यालयमा काभ्रे धुलिखेलमा छापा मार्दा अख्तियार एक टोलीले २ लाख रुपैयाँ नगदसहित मुद्दा फाँटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता राजेन्द्रकुमार पौडेललेका अनुसार उनले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नियण्त्रण लिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा अनिश्चितकालीन कफ्यु आदेश