नायक हमाल र पोखराका मेयर टिमबीच मैत्रीपूर्ण भलिबल

पोखरा । पोखरामा शुक्रबारदेखि दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) सुरु हुँदैछ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा २० देखि २८ भदौसम्म संचालन हुने प्रतियोगिताको पूर्व सन्ध्यामा बिहीबार फेवाताल किनारमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता भयो ।

एउटा टिममा थिए–नेपाली फिल्मका नायक राजेश हमाल । अर्कोमा थिए–पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ।

हमाल र आचार्य नेतृत्वको टिमको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा आचार्य टिमले २–१ सेटले खेल जितेको छ । खेल अवलोकनका लागि क्याम्पिङ चोकमा दर्शकको उल्लेख्य उपस्थिति थियो । कलाकारको टिमलाई साथ दिन अभित्रेनी नीति शाह, सनिशा भट्टराई, शुभेच्छा खड्कासमेत आएका थिए ।

महानायक हमालको खेल हेर्न तथा कलाकारसँग सेल्फी खिच्ने दर्शकको ठेलमठेल गरेका थिए । यस्तै, लिगमा भाग लिने ६ वटै फ्रेन्चाइज टिमका कप्तानहरु उषा भण्डारी, सलिना श्रेष्ठ, अरुणा शाही, प्रगति नाथ, सुमित्रा रेग्मी र निरुता ठगुन्ना पनि केही समय भलिबल कोर्ट उत्रिएका थिए ।

साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, लुम्बिनी लाभाज र पोखरा निन्जाजले भाग लिन लागेका हुन् ।

पहिलो संस्करणमा भाग लिएको गण्डकी थण्डर्सको स्थानमा अहिले पोखरा निन्जाज छ । चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाज नयाँ टिम हो ।

लिगमा उषा भण्डारीले काठमाडौं स्पाइकर्स, सलिनाले ललितपुर क्विन्स, अरुणाले लुम्बिनी लाभाज, ललिताले पोखरा निन्जाज, सुमित्राले कर्णाली यशविस र निरुताले मधेश युनाइटेडको प्रतिनिधित्व गरेका छन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा नेपाली महिला भलिबलको पहिलो फ्रेन्चाइज लिग वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को पहिलो संस्करण गत वर्ष काठमाडौंमा भएको थियो ।

लिगका लागि सहभागी ६ फ्रेन्चाइज टिमहरु पोखरा आइसकेका छन् । यस्तै, थाइल्याण्ड, नेदरल्याण्ड्स, रुसदेखि ब्राजिलसम्मका खेलाडीहरु पनि आइसकेका छन् ।

शुक्रबार पहिलो खेल कर्णाली यशविस र पोखरा निन्जाजबीच हुनेछ । दोस्रो खेल ललितपुर क्वीन्स र मधेश युनाइटेडबीच प्रतिस्पर्धा हुने आयोजकका अपरेसन हेड मनोज वैद्यले जानकारी दिए ।

नेपाली भलिबल इतिहासमै पहिलोपटक लिगका लागि प्लेअर अक्सनसमेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'