नेकपा एमालेको विधान महाधिवेशन शुरू

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेनशन आजबाट शुरू भएको छ । तीन दिनसम्म ललितपुरको गोदावरीस्थितज सनराइज हलमा आयोजना गरिएको महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखेका छन् ।

महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधिसहित ३ सय १५ जना स्वयम् सेवक र परीवेक्षक सहभागी हुने छन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नाराका साथ शुरु हुन लागेको महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

एमाले विधान महाधिवेशन ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरमा शुक्रबारबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा सहभागी हुनुहुँदै । तस्बिरः किरणराज विष्ट

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

प्रस्तुत प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ । पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै वर्तमानका मुख्य चुनौती, पार्टीको कार्यदिशा, कार्यभार लगायत विषय समेटिने जनाइएको छ ।

यसअघि बिहीबार बसेको एमाले सचिवालय बैठकले दोस्रो विधान महाविधेशनको कार्यतालिका स्वीकृत गरेको थियो । कार्यतालिका अनुसार ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन आजैदेखि दस्तावेज प्रस्तुतिकरणमा केन्द्रित हुने छ ।

बैठकले स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्तावेज पनि प्रस्तुत गर्ने निर्णय गरेको छ । महाधिवेशनको दोस्रो दिन शनिबार प्रस्तुत गरिएको दस्तावेजको १० वटा समूह बनाई छलफल हुनेछ । भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतिकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ ।

त्यस्तै, सोही दिन नै केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशन समापन गर्ने कार्यतालिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'